मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ६७ जिल्लामा कोरोना संक्रमितको मृत्यु, यी हुन् बाँकी १० जिल्ला

६७ जिल्लामा कोरोना संक्रमितको मृत्यु, यी हुन् बाँकी १० जिल्ला

संक्रमितमध्ये १ हजार ६७४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ। 
 |  शुक्रबार, मंसिर २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २६, २०७७

काठमाडौं– नेपालमा कोरोना संक्रमितको संख्या आज शुक्रबारसम्ममा २ लाख ४६ हजार नाघिसकेको छ। संक्रमितमध्ये १ हजार ६७४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ। 

नेपालका ६७ जिल्लामा कोरोना संक्रमितको मृत्यु भएको छ। जिल्लागत रुपमा हेर्दा सबैभन्दा धेरै काठमाडौंमा ४३५ जना संक्रमितको मृत्यु भएको छ। १० जिल्लामा भने एक जना पनि संक्रमितको मृत्यु भएको छैन। 

मन्त्रालयका अनुसार प्रदेश १ मा खोटाङ र ताप्लेजुङबाहेक अन्य सबै जिल्लामा कोरोना संक्रमितको मृत्यु भएको छ। हालसम्म प्रदेश १ मा २०६ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेका छन्। प्रदेश २ का आठवटै जिल्लामा गरी २०५ जना संक्रमितको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ।

प्रदेशगत रुपमा सबैभन्दा धेरै बागमती प्रदेशमा ८५५ जना संक्रमितको ज्यान गुमेको छ भने बागमतीका १३ वटै जिल्लामा संक्रमितको मृत्यु भएको छ। गण्डकी प्रदेशमा पनि मनाङबाहेक सबै जिल्लामा कोरोना संक्रमितको मृत्यु भएको छ। मनाङमा अहिले सक्रिय संक्रमित छैनन्। ५ जनामा संक्रमण पुष्टि भएको मनाङमा ५ जना नै संक्रमणमुक्त भइसकेका छन्। 

हालसम्म गण्डकीमा ११९ जना संक्रमितको मृत्यु भएको छ। त्यस्तै, लुम्बिनी प्रदेशमा २१८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। लुम्बिनीका रुकुम पूर्वबाहेक अन्य सबै जिल्लामा कोरोना संक्रमितको मृत्यु भएको छ। 

कर्णाली प्रदेशका ४ जिल्लामा कोरोना संक्रमितको मृत्यु भएको छैन। जाजरकोट, जुम्ला, मुगु र सल्यानमा संक्रमितको मृत्यु नभएको मन्त्रालयको तथ्यांक छ। सुदूरपश्चिमका बैतडी र डडेलधुरा बाहेक अन्य सबै जिल्लामा कोरोना संक्रमितको मृत्यु भएको छ। 

प्रकाशित: Dec 11, 2020| 11:57 शुक्रबार, मंसिर २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।