मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रगत परीक्षणबाटै थाहा हुन्छ कोरोनाविरुद्धको खोपको प्रभावकारिता ! 

रगत परीक्षणबाटै थाहा हुन्छ कोरोनाविरुद्धको खोपको प्रभावकारिता ! 

बेलायत र क्यानडामा कोरोनाविरुद्धको प्रतीक्षा समाप्त भएको छ। यी दुई देशमा खोप दिनसमेत थालीसकिएको छ।
 |  शुक्रबार, मंसिर २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २६, २०७७

एजेन्सी- बेलायत र क्यानडामा कोरोनाविरुद्धको प्रतीक्षा समाप्त भएको छ। यी दुई देशमा खोप दिनसमेत थालीसकिएको छ।

यी बाहेकका अन्य देशमा पनि कोरोनाविरुद्धको खोप अनुमति पाउने चरणमा छन्। तर पछिल्ला दिनमा मानिसहरुको मनमा एक प्रश्न उठिरहेको छ। आखिर खोप कति प्रभावकारी हुन्छ ?

यदि तपाईलाई खोप लगाइएको छ भने शरीरमा त्यसको असर कति हुन्छ। यो पत्ता लगाउनु निकै मुस्किल काम हो। तर प्रतिष्ठित नेचर पत्रिकामा छापिएको एक अध्ययनमा वैज्ञानिकहरुले खोप लगाइएका व्यक्तिको रगत परिक्षण गर्दा खोपले शरीरमा कति प्रभावकारी काम गरेको छ भनेर पत्ता लगाउन सकिने दाबी गरेका छन्।

यो विषयमा हावर्ड र एमटआईटी संस्थानका वैज्ञानिकहरुले मिलेर अध्ययन गरेका थिए। अध्ययनमा सबैभन्दा पहिले बाँदरलाई कोरोनाको भ्याक्सिन दिइयो।

त्यसको केही दिनपछि भ्याक्सिन दिइएका बाँदरको रगतको एक विशेष परीक्षण गरियो। यो परीक्षणबाट कोरोना भाइरसबाट बच्न बाँदरको प्रतिरक्षा प्रणाली कति तयार भयो भनेर हेरियो। यसको नतिजा उत्साहजनक भएको वैज्ञानिकहरुले दाबी गरेका छन्। 

अध्ययनकर्ताहरुले बाँदरकोझैं मानिसमासमेत कोरोनाको खोप लगाएपछि विकसित भएको प्रतिरक्षा प्रणालीका बारेमा पत्ता लगाउन सकिने बताएका छन्। बाँदरमा गरिएको परीक्षणको नतिजालाई ध्यानमा राखेर वैज्ञानिकहरु मानिसका लागि एक विशेष रगत परीक्षण प्रणाली विकसित गर्न जुटेका छन्। 

अनुसन्धानकर्ताको टीममा सहभागी रहेका बोस्टन युनिभर्सिटीका खोप विशेषज्ञ डा. डेन बरौचले यसलाई निकै ठूलो सफलता भएको दाबी गरेका छन्। किनकी यसबाट कोरोनाविरुद्धको खेपको प्रभावकारिता पत्ता लगाउन सकिन्छ।

यदि खोपको असर पत्ता लगाउने रगत परीक्षण विधि विकसित भएमा खोप बनाउने वैज्ञानिकहरुका लागि लामो समयसम्म क्लीनिकल ट्रायल गर्नुपर्ने बाध्यता अन्त्य हुने विश्वास गरिएको छ। 

अमेरिकाका चर्चित वैज्ञानिक डा. एन्थनी फउचीले यदि वैज्ञानिकले रगत परीक्षण प्रविधि विकसित गरे भने फ्लुकोझैं खोप तयार गर्ने पद्धति अपाउन सकिने बताएका छन्।

यद्यपि फ्लुको खोप तयार गर्नका लागि नयाँ सिराबाट क्लिनिकल ट्रायल गर्नुपर्ने आवश्यकता हुँदैन। पछिल्लो नतिजाकै आधारमा आगामी खोप तयार गरिन्छ।

प्रकाशित: Dec 11, 2020| 11:37 शुक्रबार, मंसिर २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।