मंगलबार, भदौ २३, २०८३

जबरजस्ती करणीको घटना मिलापत्र गराउने ६ जना पक्राउ

पीडित पक्षलाई नगद पाँच लाख रुपैयाँ दिई मिलापत्र गराउने ६ जना पक्राउ परेको मोरङ प्रहरीले जनाएको छ।
 |  शुक्रबार, मंसिर २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २६, २०७७

काठमाडौं– जबरजस्ती करणीको घटना मिलापत्र गराउने ६ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ। 

२१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको घटनामा पीडित पक्षलाई नगद पाँच लाख रुपैयाँ दिई मिलापत्र गराउने कार्यमा संलग्न ६ जना पक्राउ परेको मोरङ प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा धनपालथान गाउँपालिका–५ बस्ने ६५ वर्षीय धनेश खवास, ५३ वर्षीय सुधारसिंह खवास, ६२ वर्षीय मागन खवास, ६२ वर्षीय कलकनु खवास, रंगेली नगरपालिका–१ बस्ने ६७ वर्षीय जगत नारायण खवास र बेलबारी नगरपालिका–८ बस्ने ५३ वर्षीय मथालु खवास छन्।

गत २४ भदौ २०७७ साँझ धनपालथान गाउँपालिका–५ स्थित धान खेतमा मल छर्ने क्रममा बेलबारी नगरपालिका–८ बस्ने ३२ वर्षीय सुरेशकुमार खवासले युवतीलाई एक्लै पारी जबरजस्ती करणी गरी फरार थिए।

इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले १९ मंसिरमा रंगेली नगरपालिका–७ रंगेली बजारबाट फरार रहेका युवकलाई पक्राउ गरेको थियो।

हिरासतमा राखेर अनुसन्धान गर्ने क्रममा घटना गाउँघरमा पीडित पक्षलाई उक्त नगद दिई मिलापत्र गराएको खुलेपछि प्रहरीले मिलापत्र गराउने काममा संलग्न भएकाहरुलाई पक्राउ गरेको हो।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। 
 

प्रकाशित: Dec 11, 2020| 07:42 शुक्रबार, मंसिर २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।