मंगलबार, भदौ २३, २०८३

२४ घण्टामा थपिए १ हजार ४४ कोरोना संक्रमित 

पछिल्लो २४ घण्टामा १ हजार ४४ जना कोरोना संक्रमित थपिएका छन्।
 |  शुक्रबार, मंसिर २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २६, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा १ हजार ४४ जना कोरोना संक्रमित थपिएका छन्।

आज (शुक्रबार) को स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार थप १ हजार ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

यससँगै हालसम्म जम्मा संक्रमितको संख्या २ लाख ४६ हजार ६९४ पुगेको छ भने देशभर सक्रिय संक्रमितको संख्या १२ हजार १४८ रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयको विवरणअनुसार २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या १ हजार २७१ रहेको छ। हालसम्म २ लाख ३२ हजार ८७२ जना संक्रमणमुक्त भएका छन्।

पछिल्लो २४ घण्टामा मृत्यु हुने कोरोना संक्रमितको संख्या ११ छ। हालसम्म १ हजार ६७४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। 

प्रकाशित: Dec 11, 2020| 10:25 शुक्रबार, मंसिर २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।