मंगलबार, भदौ २३, २०८३

फेसबुकलाई पनि उछिन्यो टिकटकले

भारतमा भने गत जुनदेखि टिकटक प्रतिबन्धित छ। त्यहाँ उसका १० करोडभन्दा बढी प्रयोगकर्ता थिए। 
 |  शुक्रबार, मंसिर २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २६, २०७७

काठमाडौं– छोटा–छोटा भिडियो सेयर गर्ने मोबाइल एप हो, टिकटक। छोटो समयमा नै यो एप विश्वभर लोकप्रिय बनेको छ। 

फेसबुक, भाइबर, म्यासेन्जरजस्ता कैयौं एपलाई पछि पारिदिएको छ टिकटकले। यो वर्ष टिकटक विश्वमै सबैभन्दा बढी डाउनलोड हुने मोबाइल एप बनेको छ। 
एक तथ्यांकअनुसार विश्वभर टिकटकका एक अर्ब मासिक प्रयोगकर्ता छन्। 

भारतमा भने गत जुनदेखि टिकटक प्रतिबन्धित छ। त्यहाँ उसका १० करोडभन्दा बढी प्रयोगकर्ता थिए। 

टिकटकपछि फेसबुक ग्रुपका फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामका बढी प्रयोगकर्ता छन्। त्यसपछि चिनियाँ भिडियो कन्फ्रेन्सिङ एप जुम आउँछ। २०२० मा सबैभन्दा बढी डाउनलोड भएको एपमा जुम चौथो स्थानमा छ।

नेपालमा टिकटकका कति प्रयोगकर्ता छन् भन्ने यकिन तथ्यांक छैन। तर, यसका प्रयोगकर्ता भने बढ्दो क्रममा छन्। हालैमात्र प्रधानमन्त्री केपी ओली पनि टिकटकमा जोडिएका छन्। उनको एकाउन्ट भेरिफाइड पनि भइसकेको छ। प्रमको टिकटकमा भाषण र अन्तर्वार्ताका क्लिप राख्ने गरिएको छ। 

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको पनि टिकटक एकाउन्ट छ। तर, उनको सचिवालयले त्यो आधिकारिक नभएको बताएको छ।
राप्रपा अध्यक्ष कमल थापाले पनि हालै टिकटक एकाउन्ट खोलेका छन्। उनले सेलरोटी पकाएको टिकटक अहिले भाइरल भएको छ।  

विश्वमा सबैभन्दा बढी डाउनलोड भएका मोबाइल एप

टिकटक

फेसबुक

ह्वाट्सएप

जुम

इन्स्टाग्राम

फेसबुक म्यासेन्जर

गुगल मिट

स्न्यापच्याट

टेलिग्राम

लाइकी
 

प्रकाशित: Dec 11, 2020| 09:44 शुक्रबार, मंसिर २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।