बुधबार, भदौ ३१, २०८३

टिमुरले पाएन बजार

जिल्लाभर उत्पादित टिमुरले बजार नपाएपछि व्यावसायिक खेती गरिरहेका कृषक निराश हुन थालेका छन्। 
 |  शुक्रबार, मंसिर २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २६, २०७७

सल्यान– जिल्लाभर उत्पादित टिमुरले बजार नपाएपछि व्यावसायिक खेती गरिरहेका कृषक निराश हुन थालेका छन्। 

विगतका वर्षमा कात्तिकभित्रै टिमुर बिक्री हुने गरे पनि यो वर्ष किसानका घरमै थन्किएको छ। 

छत्रेश्वरी गाउँपालिका– ५ महानेटाका कृषक मोहन केसीले गत वर्ष कात्तिकमा ७०० रुपैयाँ प्रतिकिलो टिमुर बिक्री गरेको बताए। उनले भने,

‘यो वर्ष ३०० रुपैयाँ किलो पनि बिक्री भएको छैन।’ गत वर्ष तीन लाख बढीको टिमुर बिक्री गरेको उनको भनाइ छ।    

परम्परागतरूपमा अन्नबाली लगाउँदै आएका किसान जडीबुटीबाट मनग्य आम्दानी हुने भएपछि टिमुरखेतीमा लागेका थिए। 

गत आर्थिक वर्षमात्रै सल्यानबाट करिब ३९ करोड रुपैयाँ बराबरको टिमुर निर्यात भएको थियो। 

रासस
 

प्रकाशित: Dec 11, 2020| 09:35 शुक्रबार, मंसिर २६, २०७७
प्रतिक्रिया दिनुहोस्