बुधबार, भदौ ३१, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • महालक्ष्मी विकास बैंकले कर्पोरेट पे प्रणाली सञ्चालन गर्ने

महालक्ष्मी विकास बैंकले कर्पोरेट पे प्रणाली सञ्चालन गर्ने

महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत ग्राहकका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने कर्पोरेट पे प्रणालीको सुरुवात गर्ने भएको छ। 
 |  शुक्रबार, मंसिर २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २६, २०७७

काठमाडौं– महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत ग्राहकका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने कर्पोरेट पे प्रणालीको सुरुवात गर्ने भएको छ। 

यसको लागि बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँग सम्झौता गरेको हो। 

सम्झौतापत्रमा महालक्ष्मी विकास बैंक लिमिटेडका कामु प्रमुख कार्यकारी अधिकृत सागर शर्मा तथा नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन्। 

उक्त डिजिटल प्ल्याट्फर्ममार्फत ग्राहक बैंकमा नगई आफैंले रकमान्तर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानीलगायतका अन्य विभिन्न व्यावसायीक भुक्तानी गर्न सक्नेछन्। 

उक्त प्रणालीमार्फत कनेक्ट आईपीएस अथवा एनसीएचएल–आईपीएस रियल–टाइम वा नन–रियलटाइममा भुक्तानी कारोबार गर्न सकिने छ। 

कर्पोरेट पेमा आबद्ध हुनको लागि ग्राहकले बैंकबाट स्वीकृति लिनुपर्ने छ। ग्राहकले आवश्यकताअनुरुप प्रणालीमा एकभन्दा बढी बैंक खाता लिंक गरी कारोबार गर्न पनि सक्नेछन्।
 

प्रकाशित: Dec 11, 2020| 08:51 शुक्रबार, मंसिर २६, २०७७
प्रतिक्रिया दिनुहोस्