बुधबार, भदौ ३१, २०८३

सन्‌राइज बैंकको ५४औँ शाखारहित सेवा बझाङमा

सन्‌राइज बैंक लिमिटेडले बझाङको जयपृथ्वी नगरपालिका–३,  राजकोटमा शाखारहित बैंकिङ सेवाको सुरुआत गरेको छ। 
 |  शुक्रबार, मंसिर २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २६, २०७७

बझाङ– सन्‌राइज बैंक लिमिटेडले बझाङको जयपृथ्वी नगरपालिका–३,  राजकोटमा शाखारहित बैंकिङ सेवाको सुरुआत गरेको छ। 

योसँगै सन्‌राइजको शाखारहित बैंकिङ सेवाको संख्या ५४ पुगेको छ। राजकोटमा प्रतिनिधिको रुपमा विष्णुबहादुर खड्कालार्ई नियुक्त गरिएको बैंकले जनाएको छ। 

शाखारहित बैंकिङ सेवाअन्तर्गत एटीएम कार्डमार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ। 

यस सेवाबाट ग्राहकले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानीजस्ता सेवा लिन सक्नेछन्। 

सन्‌राइज बैंकले १३९ शाखा, ११ वटा एक्सटेन्सन काउण्टर र १६१ एटीएममार्फत सात लाखभन्दा बढी ग्राहकलाई सेवा दिंदै आइरहेको छ। 

प्रकाशित: Dec 11, 2020| 08:36 शुक्रबार, मंसिर २६, २०७७
प्रतिक्रिया दिनुहोस्