मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेसको देशव्यापी प्रदर्शन, कुन नेताकाे सम्बाेधन कहाँ ?

कांग्रेसको देशव्यापी प्रदर्शन, कुन नेताकाे सम्बाेधन कहाँ ?

सभापति शेरबहादुर देउवाले हेटाैंडाको प्रदर्शनमा सम्बोधन गर्नेछन् भने वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाडौंमा सम्बोधन गर्ने कार्यक्रम छ। 
 |  शुक्रबार, मंसिर २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २६, २०७७

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले २९ गते सरकारविरुद्ध देशव्यापी प्रदर्शन गर्दै छ। 

वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि गृह जिल्ला तनहुँमा भएको दुर्व्यवहार, कोरोना नियन्त्रणमा सरकारको असफलता, भ्रष्टाचार, स‌ंवैधानिक अंगलाई कमजोर बनाउने काम भएको भन्दै कांग्रेसले विरोध प्रदर्शन गर्न लागेको हो।   

देशका मुख्य सहरमा आयोजना हुने प्रदर्शनमा केन्द्रीय स्तरका नेताहरुले सम्बोधन गर्न लागेको प्रवक्ता विश्वप्रकाश शर्माले  जानकारी दिए।

उनका अनुसार सभापति शेरबहादुर देउवाले हेटाैंडाको प्रदर्शनमा सम्बोधन गर्नेछन् भने वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाडौंमा सम्बोधन गर्ने कार्यक्रम छ। 

उपसभापति विमलेन्द्र निधिले भक्तपुर, महामन्त्री शशांक कोइरालाले विराटनगर, कोषाध्यक्ष सीतादेवी यादवले ललितपुर,  सहमहामन्त्री प्रकाशशरण महतले झापा, पूर्वउपसभापति गोपालमान श्रेष्ठले काभ्रे, पूर्वमहामन्त्री प्रकाशमान सिंह धनुषाको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ। 

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला महोत्तरी, नेताहरू चित्रलेखा यादव सप्तरी, रामशरण महत चितवन र अर्जुननरसिंह केसीले पोखराको प्रदर्शनलाई सम्बोधन गर्नेछन्। 

युवा नेता गगन थापा कैलाली, प्रदीप पौडेल कञ्चनपुर, एनपी साउद अछाम जानेछन्। 

यस्ता छन् नारा

प्रकाशित: Dec 11, 2020| 08:10 शुक्रबार, मंसिर २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।