बुधबार, भदौ ३१, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • पुँजीगत लाभकर नतिरेको भन्दै बोटलर्स नेपालको कार्यालयमा राजस्वको छापा

पुँजीगत लाभकर नतिरेको भन्दै बोटलर्स नेपालको कार्यालयमा राजस्वको छापा

राजस्व अनुसन्धान विभागले बोटलर्स नेपाल लिमिटेडको कार्यालयमा छापा मारेको छ। 
 |  शुक्रबार, मंसिर २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २६, २०७७

काठमाडौं– राजस्व अनुसन्धान विभागले बोटलर्स नेपाल लिमिटेडको कार्यालयमा छापा मारेको छ। 

कम्पनीले आफूसँग भएको सेयर स्वामित्व बेचेर सरकारलाई राजस्व नबुझाएको आशंकामा विभागले छापा मारेको हो। 

गत सोमबार विभागको टोलीले कार्यालयमा छापा मारी कागजात, ल्यापटप र कम्प्युटरको हार्डडिस्क नियन्त्रणमा लिएको छ। 

विभागका महानिर्देशक दीर्घराज मैनालीले कम्पनीका दस्तावेजहरूको अध्ययन भइरहेको बताएका छन्। 

बोटलर्स नेपाल कोकाकोलाको प्यारेन्ट कम्पनी हो। बोटलर्स नेपालको सेयर स्वामित्व अफ्रिका बोटलिङ कम्पनीसँग थियो। सो कम्पनीले द कोकाकोला बोटलिङ इन्भेष्टमेन्ट ग्रुपलाई सन् २०१४ मा नै बेचे पनि स्वामित्व हस्तान्तरणबारे नेपालको सरकारी निकायलाई कुनै जानकारी दिएको थिएन। 

बोटलर्स नेपालको मुल स्वामित्व दुबईको कोकाकोला साउथ वेस्ट एसिया होल्ङ्सि हो। सोही कम्पनीमार्फत् सेयर किनबेच भएको अनुसन्धानका क्रममा विभागले पत्ता लगाएको बताइएको छ। 

हाल बोटलर्स नेपाल लिमिटेडले बोटलर्स नेपाल, बोटलर्स नेपाल तराई लिमिटेड र टोइका ट्रेडर्स प्रालि सञ्चालन गरिरहेको छ। 
बोटलर्स नेपाल नेप्सेमा पनि सूचीकृत छ। यसको चुक्तापुँजी १९ करोड ४८ लाख छ। 
 

प्रकाशित: Dec 11, 2020| 08:09 शुक्रबार, मंसिर २६, २०७७
प्रतिक्रिया दिनुहोस्