मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपाल–भारत नियमित उडान हुँदै, निगमले खाेल्यो टिकट बुकिङ 

नेपाल–भारत नियमित उडान हुँदै, निगमले खाेल्यो टिकट बुकिङ 

कोरोना महामारीका कारण गत चैतबाट बन्द भएकोे काठमाडौं–दिल्ली उडान २ पुसबाट खुल्ने भएको छ।
 |  शुक्रबार, मंसिर २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २६, २०७७

काठमाडौं– कोरोना महामारीका कारण गत चैतबाट बन्द भएको काठमाडौं–दिल्ली उडान २ पुसबाट खुल्ने भएको छ।

नियमित उडान सुरु हुने भएसँगै नेपाल वायुसेवा निगमले टिकट बुकिङ खोलेको हो। 

नेपाल–भारत गत साता काठमाडौं–दिल्ली नियमित सुरु गर्न सहमत भएका थिए। अहिले काठमाडौंबाट नेपाल वायु सेवा निगम र दिल्लीबाट एयर इन्डियाले दैनिक एक–एक उडान भर्नेछन्। 

उडानमा हरेक यात्रुको पीसीआर परीक्षणको रिपोर्ट अनिवार्य गरिएको छ। 

कोरोना संक्रमणको जोखिमका कारण यी उडानमा नेपाल र भारत बाहेक तेस्रो मुलुकका नागरिक उड्न पाउने छैनन्। 

तेस्रो देशका नागरिकलाई अत्यावश्यक भएमा जुन देश जानुपर्ने हो सोही देशको अनुमति अनिवार्य लिनुपर्ने छ। 
 

प्रकाशित: Dec 11, 2020| 05:41 शुक्रबार, मंसिर २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।