बुधबार, भदौ ३१, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सस्तोडिलबाट किनेको सामानको भुक्तानीमा सन‍्‍राइज बैंकले ‘क्यासब्याक’ दिने

सस्तोडिलबाट किनेको सामानको भुक्तानीमा सन‍्‍राइज बैंकले ‘क्यासब्याक’ दिने

सस्ताेडिलबाट खरिद गरेकाे सामानकाे भुक्तानीमा सन‍्‍राइज बैंकले ‘क्यासब्याक’ दिने योजना ल्याएको छ। 
 |  बिहीबार, मंसिर २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २५, २०७७

काठमाडौं। सस्ताेडिलबाट खरिद गरेकाे सामानकाे भुक्तानीमा सन‍्‍राइज बैंकले ‘क्यासब्याक’ दिने योजना ल्याएको छ। 

सस्तोडिलको ९ औं वार्षिकोत्सवका अवसरमा सो योजना ल्याइएको बैंकले जनाएको छ। 

सन‍्‍राइज बैंकका ग्राहकले सस्तोडिलबाट गरिएको अनलाइन सपिङको भुक्तानी आफ्नो डेबिट तथा क्रेडिट कार्डबाट गरेमा प्रथम भुक्तानी रकमको २५ प्रतिशत वा अधिकतम दुई हजार ५०० रूपैयाँसम्म बैंकले क्यास ब्याक दिनेछ।।  

यो योजना २६–३० मंसिरसम्म रहने छ भने क्यासब्याक रकम योजना समाप्तीपछि प्रदान गरिने बैंकको भनाइ छ। 

प्रकाशित: Dec 10, 2020| 14:33 बिहीबार, मंसिर २५, २०७७
प्रतिक्रिया दिनुहोस्