मंगलबार, भदौ २३, २०८३

धनगढीमा सुरू भयाे सपनाको परियोजना

बहुप्रतीक्षित क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गतका सडक निर्माण धनगढीमा सुरु भएको छ।
 |  बिहीबार, मंसिर २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २५, २०७७

धनगढी। बहुप्रतीक्षित क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गतका सडक निर्माण धनगढीमा सुरु भएको छ।

धनगढी उपमहानगरपालिकाका नगरप्रमुख नृपबहादुर वड र उपप्रमुख सुशीला मिश्रले संयुक्तरूपमा कैलाली बहुमुखी क्याम्पसदेखि सहिद गेट सडकको शिलान्यास गरे। 

धनगढीलाई स्मार्ट सिटीको रूपमा विकास गर्ने कार्यक्रमको रूपमा यो परियोजनालाई लिइएको छ। 

सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीको बाहिरी सडक विस्तार तथा कालोपत्रे भइसकेको छ। तर, क्षेत्रीय सहरी विकास परियोजनाको पर्खाइमा मुख्य बजार क्षेत्रका सडक विस्तार गर्न सकिएको छैन। 

एसियाली विकास बैंकको सहयोगमा सञ्चालन भइरहेको क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत धनगढी उपमहानगरपालिकामा ४२ किलोमिटर सडक विस्तारका लागि सन् २०१५ मा सम्झौता भएको थियो। सम्झौता भएको लामो समय हुँदा पनि सडक निर्माणको काम अगाडि बढ्न सकेको थिएन। 

‘सन् २०१५ मा छुट्टयाइएको एक अर्ब ३५ करोड रूपैयाँ बजेट अपुग हुने भएकाले सडक निर्माणको काम चरणबद्धरूपमा हुन्छ,’ नगर प्रमुख वडले भने, ‘पहिलो चरणमा साढे १० किलोमिटर सडक निर्माणको काम सुरु भएको छ, अब चाँडै दोस्राे चरणका सडक निर्माणका लागि टेन्डर हुँदैछ।’ 

पहिलो चरणमा ६८ करोड पाँच लाख ९८ हजार ७०४ रूपैयाँको ठेक्का कालिका कन्ट्रक्सन प्रा.लि. भरतपुरले पाएको छ। 

सम्झौताअनुसार १०.२४ किलोमिटर सडक निर्माण, २२.४६ किलोमिटर नाली निर्माण, २०.५ किलोमिटर फुटपाथ र १३.२ किलोमिटर साइकल लेन निर्माण गरिनेछ।

सन् २०२० जुलाई १२ मा भएको ठेक्का सम्झौताअनुसार निर्माण कम्पनीले सन् २०२२ अगस्त ३ सम्म काम सम्पन्न गर्नु पर्नेछ । 

पहिलो चरणमा ठेक्का पाएको कालीका कन्ट्रक्सनले सातवटा सडक निर्माण गर्नेछ। जसअन्तर्गत गुल्म–चर्च रोड (दुई हजार सात मिटर), धनगढी मेन रोड, ट्राफिक चौराहादेखि कैलालीनाला (एक हजार ३८० मिटर), हुलाकी सडक–क्याम्पस रोड–जाखोरताल (७०० मिटर), क्याम्पस रोड–चटकपुर (तीन हजार ६५० मिटर), धनगढी–खुटीया स्याउले रोड ८७० मिटर, मालपोत रोड ४३० मिटर र हसनपुर रोड एक हजार १५० मिटर रहेको क्षेत्रीय सहरी विकास आयोजना उप–व्यवस्थापक श्यामचन्द्र बुढाथोकीले बताए।

उनले क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत बाटो तथा नाली निर्माण तथा स्तरोन्नतिका लागि धनगढी उपमहानगरपालिकालगायत भीमदत्त, शुक्लाफाँटा र गोदावरी नगरपालिका छनोटमा परेको बताए।

सडक जीर्ण भएपछि नगरवासीले वर्र्षौंदेखि आजतजावतमा समस्या झेल्दै आएका छन्। ‘सडक निर्माण हुने भन्दै उपमहानगरले वर्षौंदेखि आश्वासन मात्र दिँदै आएको थियो,’ धनगढी–५, तारानगरका नरेन्द्रप्रसाद भट्टले भने, ‘सडक समयमै र गुणस्तरीय निर्माणमा ध्यान दिनुपर्छ।’ 

उपमहानगरपालिकाले सडक क्षेत्राधिकारभित्र पर्ने संरचना भत्काउने घरधनीलाई सम्मान गर्ने, करमा छुट गर्ने, भत्काइएको घर नक्सामा छुट दिने, रंगरोगनमा सहयोग गर्नेजस्ता कार्यक्रमहरू ल्याएको छ। 

प्रकाशित: Dec 10, 2020| 13:48 बिहीबार, मंसिर २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।