बुधबार, भदौ ३१, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • कागजात नपुग्दा कोरोना बिमाको दाबी भुक्तानी समयमा गर्न सकिएन : बिमा समिति

कागजात नपुग्दा कोरोना बिमाको दाबी भुक्तानी समयमा गर्न सकिएन : बिमा समिति

समितिका प्रबक्ता राजुरमण पौडेलले स्थलगत अनुगमनका क्रममा बिमा पुलको काम गरिरहेको संस्था शिखर इन्स्योरेन्सको कुनै कमजोरी नरहेको बताए। 
 |  बिहीबार, मंसिर २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २५, २०७७

काठमाडौं– बिमा समितिले कोरोना बिमाको दाबी भुक्तानी समयमै हुन नसक्नुमा आफ्नै कमजोरी रहेको ठहर गरेको छ। 

समितिले बुधबार शिखर इन्स्योरेन्समा बधुबार स्थलगत अनुगमन गरेपछि यस्तो निकर्ष निकालेको हो। 

अनुगमनमा क्रममा कम्पनीको कुनै कमजोरी नभेटिएको तर बिमाको दाबी भुक्तानी समयमा हुन नसक्नुमा समितिकै कमजारी रहेको पाइएको समितिले जनाएको छ।

समितिका प्रबक्ता राजुरमण पौडेलले स्थलगत अनुगमनका क्रममा बिमा पुलको काम गरिरहेको संस्था शिखर इन्स्योरेन्सको कुनै कमजोरी नरहेको बताए। 

उनले भने, ‘कोरोना बिमा गर्ने कम्पनीहरुले नै आवश्यक कागजात बिना नै बिमा पुलमा कोरोना बिमाको दाबी गर्दै फाइल पठाउने गरेका छन्।’ 

बिमा कम्पनीले भने आवश्यक कागजात समयमै पेस गर्दा पनि शिखरले भुक्तानी नदिँदा कोरोनाको दाबी भुक्तानी समयमा नै गर्न नसकेको गुनासो गर्दै आएका छन् ।

बिमा लेख खरिद गरेका बिमितहरुले दाबी भुक्तानीका लागि कोरोना बिमा मापदण्ड २०७७ ले तोकेको सम्पूर्ण कागजातसहित सम्बन्धित बिमा कम्पनीमा निवेदन दिनुपर्छ। 

सम्बन्धित बिमा कम्पनीले कागजात पूरा भएका फाइल भुक्तानीका लागि बिमा पुल व्यवस्थापक शिखर इन्स्योरेन्स कम्पनीमा पठाउनुपर्ने व्यवस्था छ। 

केही कागजात अधुरो रहेको स्थलगत अनुसन्धानका क्रममा देखिएकाले तत्काल कागजात पूरा गर्न सबै निर्जीवन कम्पनीहरुलाई निर्देशन दिइएको प्रबक्ता पौडेलले जानकारी दिए। 

समितिले पीसीआर रिपोर्ट समयमा प्रमाणीकरण नहुने र कोरोना बिमा गराउने कर्मचारी  आफैं कोरोना संक्रमणमा परेका कारण कोरोना बिमाको दावी भुक्तानी समयमै हुन नसकेको निष्कर्ष निकालेको छ। 

कोरोना बिमा गरेका केही कम्पनीहरुले कोरोना बिमाको दाबी भुक्तानी नदिएको गुनासो बढ्दै गएपछि गत मंसिर १८ गते अर्थ मन्त्रालयले बिमा समिति र बिमक संघलाई तीन दिनभित्र भुक्तानी दिने व्यवस्था गर्न निर्देशन दिएको थियो।  त्यसपछि समितिले शिखर इन्स्योरेन्स कम्पनीमा अनुगमन गरेको हो। 

प्रकाशित: Dec 10, 2020| 11:29 बिहीबार, मंसिर २५, २०७७
प्रतिक्रिया दिनुहोस्