मंगलबार, भदौ २३, २०८३

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषदको बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले २८ गते संवैधानिक परिषदको बैठक बोलाएका छन्।
 |  बिहीबार, मंसिर २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २५, २०७७

काठमाडौं–   प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको बैठक बोलाएका छन्।

बैठक मंसिर २८ गते आइतबार ९ बजे बालुवाटारमा बस्ने छ। विभिन्न आयोगहरुमा नियुक्तिका लागि बैठक बोलाइएको हो।

सत्तारूढ दलभित्रै र प्रमुख प्रतिपक्षी दलसँग भागबन्डामा कुरा नमिल्दा  संवैधानिक आयोगहरुले पूर्णता पाउन सकेका छैनन्।  विभिन्न आयोगहरुमा ४५ पद रिक्त छन्।

राष्ट्रिय मानवअधिकार आयोग प्रमुख सहित चार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख सहित दुई पद खाली छन्।

निर्वाचन आयोगमा दुई आयुक्तको पद रिक्त छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग पनि पदाधिकारीविहीन छन्।

प्रकाशित: Dec 10, 2020| 11:09 बिहीबार, मंसिर २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।