बुधबार, भदौ ३१, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • कर्मचारी सञ्चय कोषका ऋणीले एनआईसी एशिया बैंकबाट भुक्तानी गर्न सक्ने

कर्मचारी सञ्चय कोषका ऋणीले एनआईसी एशिया बैंकबाट भुक्तानी गर्न सक्ने

 |  बिहीबार, मंसिर २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २५, २०७७

काठमाडौं– एनआईसी एशिया बैंकको जुनसुकै शाखामार्फत कर्मचारी सञ्चय कोषका ऋणीहरूले साँवा ब्याजसहितको किस्ता रकम भुक्तानी गर्न सक्ने भएका छन् ।

यस सुविधामार्फत कोषबाट लिइएका विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, सरलचक्र र घरमर्मत सापटी कर्जाहरूको भुक्तानी बैंकका शाखाबाट सहज रुपमा गर्न सकिनेछ । 

कोषका ऋणीहरूले आफूलाई पायक पर्ने बैंकको शाखा पुगी ‘कर्मचारी सञ्चय कोष कर्जा चुक्ता भौचर’ मा आफूले भुक्तानी गर्न लागेको कर्जाको प्रकारमा चिन्ह लगाई बैंकमा रहेको खातामार्फत ऋण भुक्तानी गर्न आवेदन दिएअनुसार बैंकका कर्मचारीले कर्मचारी सञ्चय कोषलाई भुक्तानी गर्ने व्यवस्था रहेको बैंकले जनाएको छ । 
 

प्रकाशित: Dec 10, 2020| 11:05 बिहीबार, मंसिर २५, २०७७
प्रतिक्रिया दिनुहोस्