बुधबार, भदौ ३१, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • प्रभु बैंक डिबेञ्चर–२०८७  को निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स

प्रभु बैंक डिबेञ्चर–२०८७  को निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स

प्रभु बैंक लि. ले रु. १,००० अंकित दरको १० वर्षको भुक्तानी अवधिका लागि जारी गर्न लागेको प्रभु बैंक डिबेञ्चर–२०८७ निष्काशन गर्नको लागि मेगा क्यापिटल मार्केट्स लि. लाई निष्काशन तथा विक्री प्रबन्धकको रुपमा नियुक्ति गर्ने सम्झौता भएको छ । 
 |  बिहीबार, मंसिर २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २५, २०७७

काठमाडौं– प्रभु बैंक लि. ले रु. १,००० अंकित दरको १० वर्षको भुक्तानी अवधिका लागि जारी गर्न लागेको प्रभु बैंक डिबेञ्चर–२०८७ निष्काशन गर्नको लागि मेगा क्यापिटल मार्केट्स लि. लाई निष्काशन तथा विक्री प्रबन्धकको रुपमा नियुक्ति गर्ने सम्झौता भएको छ । 

उक्त सम्झौतामा प्रभु बैंक लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र मेगा क्यापिटल मार्केट्स लिमिटेडका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत सुदय कान्त झाले हस्ताक्षर गरेका छन् ।

प्रभु बैंक लि. ले वार्षिक ८.५ प्रतिशतका दरले प्रत्येक तीन–तीन महिनामा ब्याज भुक्तानी हुने गरी रु. ४ अर्ब बराबरको प्रभु बैंक डिबेञ्चर–२०८७ नामक ऋणपत्र सार्वजनिक निष्काशन गर्न लागेको हो ।

२ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तबरबाट र १ अर्व ६० करोड बराबरको ऋणपत्र सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । 

नेपाल धितोपत्र बोर्डबाट आवश्यक स्वीकृति प्राप्त भए पश्चात् प्रभु बैंक डिबेञ्चर–२०८७ सार्वजनिक निष्काशन गरिनेछ । 

प्रकाशित: Dec 10, 2020| 10:42 बिहीबार, मंसिर २५, २०७७
प्रतिक्रिया दिनुहोस्