काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार २१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
७ हजार २३२ जनाको पीसीआर परीक्षण गरिएकोमा १ हजार २१७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
आज थपिएकासहित नेपाल कोरोना संक्रमितको कुल संख्या २ लाख ४५ हजार ६५० पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त भएर १ हजार ६४ जना डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ३१ हजार ६०१ पुगेको छ।
अहिले सक्रिय संक्रमितको संख्या १२ हजार ३८६ रहेको छ।
यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ। कुल मृतकको संख्या १ हजार ६६३ पुगेको छ।