मंगलबार, चैत १०, २०८२

भक्तपुरमा पुस १ गतेदेखि स्कुल खुल्ने

भक्तपुर नगर शिक्षा समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा कोभिड–१९ जोखिमका कारण बन्द रहेका विद्यालय सञ्चालनबारे नगर शिक्षा समितिको बैठक बसेको छ । 
 |  बिहीबार, मंसिर २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २५, २०७७

काठमाडौं-  भक्तपुर नगर शिक्षा समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा कोभिड–१९ जोखिमका कारण बन्द रहेका विद्यालय सञ्चालनबारे नगर शिक्षा समितिको बैठक बसेको छ । 

National life

बैठकले स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गर्ने गरी आलोपालो रुपमा चरणबद्ध रुपमा कक्षा सञ्चालन गर्दै जाने र विद्यालयले हाल सञ्चालन गरिरहेको वैकल्पिक शिक्षण विधिलाई समेत निरन्तरता दिने निर्णय गरेको छ । 

बैठकले पुस १ गतेदेखि नै सञ्चालन गर्ने गरी नगरभित्रका सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयहरूमा विद्यालय सञ्चालनसम्बन्धी प्रस्तावनासहितको कार्ययोजना भक्तपुर नगरपालिका शिक्षा शाखामा पेश गरी कक्षा ८, ९ र १० को कक्षा आलोपालो गरी सञ्चालनको सुरूवात गर्ने निर्णय गरेको छ । 

विद्यार्थी संख्या १०० भन्दा कम भएका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूको हकमा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड कार्यान्वयन गरी विद्यालय सञ्चालनसम्बन्धी प्रस्तावनासहितको कार्ययोजना भक्तपुर नगरपालिका शिक्षा शाखामा पेश गरी कक्षा सञ्चालन गर्ने निर्णय भएको छ । 

बैठकले सबै प्रकारका सामुदायिक एवम् संस्थागत विद्यालयहरूले कक्षा सञ्चालनका सम्बन्धमा विद्यालयहरूबाट विद्यालय व्यवस्थापन समिति बैठक, शिक्षक–कर्मचारी बैठक, विद्यार्थी र अभिभावकसँग सल्लाह गरेको बैठकको निर्णयको फोटोकपीसहित यही मंसिर मसान्तभित्र विद्यालय सञ्चालनसम्बन्धी प्रस्तावनासहितको कार्ययोजना भक्तपुर नगरपालिका शिक्षा शाखामा पेश गर्नुपर्ने निर्णय गरेको छ ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 10, 2020| 10:17 बिहीबार, मंसिर २५, २०७७
प्रतिक्रिया दिनुहोस्