मंगलबार, भदौ २३, २०८३

डा. अधिकारीलाई मानव अधिकार सम्मान

यस वर्षकाे 'दयाराम स्मृति मानव अधिकार सम्मान' मानव अधिकारकर्मी तथा अभियन्ता डा. रेणु अधिकारीलाई प्रदान गरिने भएको छ।
 |  बिहीबार, मंसिर २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २५, २०७७

काठमाडौं– यस वर्षकाे 'दयाराम स्मृति मानव अधिकार सम्मान' मानव अधिकारकर्मी तथा अभियन्ता डा. रेणु अधिकारीलाई प्रदान गरिने भएको छ।

यस्तै  'मानव अधिकार पुरस्कार' पत्रकार तथा मानव अधिकारकर्मी झलक गैरेलाई प्रदान गरिने निर्णय गरिएको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ। 

आयोगले अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा मानव अधिकार सम्मान तथा पुरस्कारको घोषणा गरेको हो। 

डा. अधिकारी महिला मानव अधिकार रक्षक सञ्जाल (ओरेक) नेपालका संस्थापक तथा लैंगिक समानता, लैंगिक न्याय र महिला हिंसाको न्यूनीकरण अभियानमा विगत तीन दशकदेखि निरन्तर कार्यरत छिन्। 

गैरे नेपालगन्जस्थित नेपालगन्ज दैनिकका प्रधान सम्पादक, रेडियो भेरी आवाजका स्टेसन प्रमुख, नेपाल पत्रकार महासंघको पूर्व केन्द्रीय सदस्य रप्रदेश संयोजक हुन्।

गैरेले पत्रकारिताको माध्यमबाट मानव अधिकारको संरक्षण र सम्वद्र्धनमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आउनुभएकाले पुरस्कृत गरिएको आयोगले जनाएको छ। 

प्रकाशित: Dec 10, 2020| 10:07 बिहीबार, मंसिर २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।