काठमाडाैं- चिकित्सका विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले कोभिड र ननकोभडि सबै प्रकारका बिरामीलाई अस्पतालको सेवा लिनका लागि आह्वान गरेको छ ।
सरकारले कोभिड अस्पताल बनाउने घोषणा गरेसँगै बिरामीको संख्या घटेपछि अस्पतालले सार्वजनिक सूचना जारी गर्दै अस्पतालको सेवा लिन आउन विरामीलाई आह्वान गरेको हो ।
सामान्य अवस्थामा ३ हजारको हाराहारीमा बिरामीहरु अस्पताल पुग्ने गरेकोमा अहिले ३ सय बिरामी पुग्न पनि मुस्किल भएको अस्पतालले जनाएको छ ।
अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले सूचना नै जारी गरेर अन्य नियमित सेवालाई निरन्तरता दिएरै कोभिडको थप सेवा दिएको स्पष्ट पारेका छन् । सरकारले वीर अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेपछि वीरको सेवा प्रभावित भएको थियो ।
बिरामीको संख्या घट्न थालेपछि अस्पतालले कर्मचारी तथा स्वास्थ्यकर्मीलाई तलब समेत खुवाउन नसक्ने अवस्थामा पुगेको थियो ।
तलब भत्ता नपाएपछि चिकित्सक, स्वासथ्यकर्मी तथा कर्मचारीले ४६ दिनसम्म लामो आन्दोलन गरेर केही दिन अघिमात्रै सम्झौता भएको थियो । हाल अस्पतालले कर्मचारीलाई तलब खुवाउन निकै समस्या परेको निर्देशक डा. सेन्चुरीले बताए ।
हाल कोभिड, ननकोभिड सबै विरामीलाई साविकको अवस्थामै सामान्य तथा विशेषज्ञ सेवा दिएको अस्पतालले जनाएको छ ।