मंगलबार, भदौ २३, २०८३

शिक्षक हत्याको विरोधमा मोरङका सबै विद्यालय बन्द

मोरङका सबै विद्यालय बिहीबार (आज) बन्द भएका छन्।
 |  बिहीबार, मंसिर २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २५, २०७७

विराटनगर– मोरङका सबै विद्यालय बिहीबार (आज) बन्द भएका छन्। मिक्लाजुङ–१ बर्खेको सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठ हत्याको विरोधमा आज सम्पूर्ण विद्यालय बन्द भएका हुन्। 

नेपाल शिक्षक महासंघ मोरङको आह्वानमा विद्यालय बन्द गरिएको हो। महासंघले बुधबार विज्ञप्ति प्रकाशित गरी परीक्षाका कार्यक्रमलाई बाधा नपुग्नेगरी विद्यालय बन्दको आह्वान गरिएको महासंघ मोरङका अध्यक्ष दामोदर सिग्देलले बताए। 

उनले विद्यालयमा निर्भिकतापूर्वक पठनपाठन गराउने वातावरण सिर्जना गर्न, शान्ति सुरक्षाको प्रत्याभूति अविलम्व कायम गर्न र भयरहित वातावरण सिर्जनाको माग गर्न एक दिन विद्यालय बन्दको आह्वान गरिएको बताए।

यसैबीच नेपाल राहत शिक्षक समिति मोरङले पनि हत्याको विरोध गरेको छ। राहत शिक्षक समितिले दोषीलाई कडा कारवाहीको माग गरेको छ। 

प्रधानाध्यापक श्रेष्ठको मंसिर २३ गते बिहान नेत्रविक्रम चन्द‘विप्लव’ समूहले घरबाट अपहरण गरी धारिलो हतियार प्रयोग गरी घाँटी रेटेर हत्या गरेको थियो। श्रेष्ठको आज बिहान अन्त्येष्टि गरिएको छ।
 

प्रकाशित: Dec 10, 2020| 05:47 बिहीबार, मंसिर २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।