मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मृत्युअघि पूर्वराजदूत लामाले श्रीमतीलाई लेखेका थिए- बिन्ती, मेरो काजक्रियामा तिमी सामेल नहुनु !

मृत्युअघि पूर्वराजदूत लामाले श्रीमतीलाई लेखेका थिए- बिन्ती, मेरो काजक्रियामा तिमी सामेल नहुनु !

उनले स्टाटसको अन्तिममा लेखेका छन्– 'यदि कथम् म मरे, मेरो काजक्रियामा तिमी र मेरो भाइ इमान सामेल नहुनु ! यो मेरो बिन्ती !'
 |  बिहीबार, मंसिर २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २५, २०७७

काठमाडौं- दक्षिण कोरियाका लागि नेपालका पूर्वराजदूत एवम्‌ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य कमानसिं लामाको कोरोना संक्रमणबाट बुधबार राति मृत्यु भएको छ। 

१४ दिनअघि कोरोना संक्रमण भएपछि अस्पताल भर्ना भएका उनको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगंजमा मृत्यु भएको हो । 

पूर्वराजदूत लामाले मृत्यु हुनुभन्दा ७ दिन पहिले सामाजिक सञ्जाल फेसबुकमा श्रीमतीलाई सम्बोधन गर्दै लामो पत्र लेखेका थिए । उनले स्टाटसको अन्तिममा लेखेका छन्– 'यदि कथम् म मरे, मेरो काजक्रियामा तिमी र मेरो भाइ इमान सामेल नहुनु ! यो मेरो बिन्ती !'

निकै भावुक बनेर लेखेको उक्त लामो स्टाटसले श्रीमतीसँग उनको सम्बन्ध बिग्रिएको संकेत गर्छ । श्रीमतीबाट आफू तिरस्कारमा परेको उनको आशय छ । 

उनले आफुलाई सबैभन्दा मनपर्ने आमा शव्द भनेका छन् । आमापछिको दोस्रो माया श्रीमतीलाई गर्ने गरेपनि श्रीमतीसँगको माया ‘बर्मुडा ट्रयाङ्गल’मा फसेको उनले लेखेका छन्।

अस्पतालको बेडमा सुतेको फोटोसहित राखिएको उक्त स्टाटसमा पूर्वराजदूत लामाले जीवन मरणको दोसाधमा रहेका बेला काम नलागनेको धन, नआएका आफन्त, साथ नपाएको श्रीमतीको के काम भनेर दुखेसो पोखेका छन् । 

‘यो अन्तिम घडिमा पनि मेरो धन मेरो लागी काम लाग्दैन भने त्यो धनको के काम ! आफ्नो पाउनु पर्ने त यो हालतमा दिँदैन भने मेरो निम्ति कहिलेलाई चाहियो ?’ भन्ने प्रश्न गरेका छन् ।

उनले जीवन मरणको लडाईको बेलासमेत साथमा नहुने श्रीमतीलाई श्रीमती भनिरहनु औचित्य नहुने भन्दै ‘लौ प्रिय गरि खान मनग्य गरि दिएको छु ! बाँकी जीवन मोज गर ! मैले पुरा गर्न नसकेको अधुरा काम अरुसँगै पुरा गर,’ भावुक भएर लामाले आफ्नो पीडा पोखेका छन् ।

पूर्वराजदूत लामाले कुनै माध्यमले काम नगरेपछि लज्जाबोधका साथ सामाजिक सञ्जालमार्फत आफ्नो पीडा पोख्नु परेको उल्लेख गरेका छन् । उनले लेखेका छन्– 'कुनै माध्यमले काम नगरे पछि बडो सरमका साथ यो मिडिया अपनाए माफ गर प्रीय !' 

यस्तै उनले भनेका छन्– 'प्रीय यदि तिमी जालीफटाहाकै पक्षमा लागिनै रहने हो भने मेरो र तिम्रो बीचको सम्बन्ध मेरो यस्तो बेलामा पनि तिम्रो साथ मलाइ रहन्न भने १११ सम्बन्ध छ भनि रहनु को औचित्यै के रह्यो र प्रीय !'

पूर्वराजदुत लामाको स्टाटसले आर्थिक लेनदेनसँगै सम्बन्धमा समेत गहिरो दरार रहेको जनाउ दिएको छ । उनले श्रीमतीले दिएको चोटकै कारण आफू गल्दै गएको पनि उल्लेख गरेका छन् । 

यस्तो छ पूर्वराजदूत लामाले फेसबुकमार्फत लेखेको पत्र 

प्रकाशित: Dec 10, 2020| 04:57 बिहीबार, मंसिर २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।