मंगलबार, भदौ २३, २०८३

हत्याको अभियोग लागेकी महिला १३ वर्षपछि पक्राउ 

हत्यामा संग्लन भई फरार रहँदै आएकी एक महिलालाई १३ वर्षपछि प्रहरीले पक्राउ गरेको छ। 
 |  बिहीबार, मंसिर २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २५, २०७७

लमजुङ- हत्यामा संग्लन भई फरार रहँदै आएकी एक महिलालाई १३ वर्षपछि प्रहरीले पक्राउ गरेको छ। 

लमजुङको दोर्दी गाउँपालिका– ६ बस्ने ३२ वर्षीया पदमी गुरुङलाई सोही वडाको सिमी गाउँमा रहेको माइती घरबाट बुधबार प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले बताए।
 
उनका अनुसार विसं २०६४ वैशाख १५ गते बिहान सोही वडामा बस्ने २५ वर्षीय पिचौटी गुरुङ घाँस काट्न जङ्गल गएका बेला पदमीको समूहसँग वादविवाद हुँदा पदमीलेसमेत ढुङ्गा तथा दाउरा प्रहार गरी हत्या गरी फरार रहँदै आएकी  थिइन्।

जिल्ला अदालतले उनलाई नौ वर्ष छ महिना २१ दिन कैद सजाय तोकेको छ। सजाय तोकेपछि फरार रहँदै आएकी उनी वैदेशिक रोजगारमा गएको र त्यहाँबाट फर्किएपछि मात्र पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ। 

फरार महिलालाई बुधबार नै जिल्ला अदालत लगेर जिल्ला कारागार चलान गरिएको प्रहरीले जनाएको छ। 
 – रासस

प्रकाशित: Dec 10, 2020| 02:12 बिहीबार, मंसिर २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।