मंगलबार, भदौ २३, २०८३

कोरोना संक्रमणबाट पूर्वराजदूत लामाको मृत्यु 

दक्षिण कोरियाका लागि नेपालका पूर्व राजदूत एवम्‌ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य कमानसिं लामाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। 
 |  बिहीबार, मंसिर २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २५, २०७७

काठमाडौं- दक्षिण कोरियाका लागि नेपालका पूर्व राजदूत एवम्‌ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य कमानसिं लामाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। 

१४ दिनअघि कोरोना संक्रमण भएपछि त्रिवि शिक्षण अस्पताल महाराजगंजमा भर्ना भएका उनको बुधबार राति मृत्यु भएको हो । 

लामालाई प्रेसर, सुगरको समस्यासँगै किड्नीमासमेत समस्या थियो। उनको पार्थिव शरीर बिहीबार बिहान नेपाली सेनाले व्यवस्थापन गर्ने पारिवारिक स्रोतले जनाएको छ।

नेता लामा विसं। २०४८ मा राष्ट्रिय जनमोर्चाको तर्फबाट काभ्रेपलाञ्चोक जिल्लाबाट सांसदमा बिजयी भएका थिए । संविधानसभा विधायकसमेत रहेका लामा काभ्रेका दिग्गज कम्युनिष्ट नेताका रुपमा चिनिन्थे।

वौद्धिक व्यक्तिको रुपमा चिनिएका लामा सन् २०१२ देखि १६ सम्म दक्षिण कोरियाको राजदूत थिए।

प्रकाशित: Dec 10, 2020| 01:28 बिहीबार, मंसिर २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।