बुधबार, भदौ ३१, २०८३

दराजले घाेषणा गर्‍याे सेल अभियान १२.१२

दराज अनलाइनले सेल अभियान ‘दराज १२.१२’ को घोषणा गरेको छ। 
 |  बुधबार, मंसिर २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २४, २०७७

काठमाडौं। दराज अनलाइनले सेल अभियान ‘दराज १२.१२’ को घोषणा गरेको छ। 

यो अभियान मंसिर २७ देखि पुस ३ (१२–१८ डिसेम्बर) गतेसम्म लागू हुनेछ। 

यस अभियानमा दराजका उपभोक्तहरूले विशेष छुटका साथै भौचर र बैंक कार्डमार्फत् थप छुटको लाभ उठाउन सक्ने छन्। 

यस अभियानका लागि सानिमा बैंक, माछापुच्छ्रे बैंक र सिटीजन बैंकका क्रेडिट र डेबिट कार्ड धारकहरूले कार्ड प्रिपेमेन्टमा १२ प्रतिशत (अधिकतम १,२१२ रूपैयाँ) सम्मको छुट पाउन सक्ने दराजले जनाएको छ। 

साथै ‘मेगा गिभअवे’का रूपमा ६९ हजार ९९९ रूपैयाँको नयाँ सामसुङ ग्यालेक्सी एस २० एफई जित्ने अवसर पनि रहेको दराजको भनाइ छ। 

दराजका अनुसार उपभोक्ताहरूले ‘वान रूपी’ गेममा पनि भाग लिन सक्दछन्, जहाँ नयाँ मोटोरोला ई प्लसलगायत अन्य उत्पादनहरू मात्र १ रूपैयाँमा जित्न सक्नेछन्। 

त्यस्तै यही अभियानका क्रममा मोटोरोलाले मोटोरोला ई सेभेन प्लस र मोटोरोला जी प्ले दराजमार्फत लञ्च गर्दैछ। 

सो फोनहरूमा कार्डमार्फत् १२ प्रतिशतको अतिरिक्त छुटका साथै निःशुल्क होम डेलिभरीको फाइदा पनि उठाउन सकिने दराजले जनाएको छ। 

प्रकाशित: Dec 09, 2020| 13:17 बुधबार, मंसिर २४, २०७७
प्रतिक्रिया दिनुहोस्