मंगलबार, भदौ २३, २०८३

एसिड आक्रमण घटना : २ जनाविरुद्ध अभियोग पत्र दर्ता

श्रीमतीलाई एसिड आक्रमण गरी घाइते बनाएको घटनालाई लिएर जिल्ला सरकारी वकिलको कार्यालय जनकपुरले २ जनाविरुद्ध जिल्ला अदालत धनुषामा अभियोगपत्र दर्ता गराएको छ। 
 |  बुधबार, मंसिर २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २४, २०७७

जनकपुरधाम- श्रीमतीलाई एसिड आक्रमण गरी घाइते बनाएको घटनालाई लिएर जिल्ला सरकारी वकिलको कार्यालय जनकपुरले २ जनाविरुद्ध जिल्ला अदालत धनुषामा अभियोगपत्र दर्ता गराएको छ। 

गत कार्तिक २९ गते जनकपुरधाम वडा नम्बर ४ स्थित आरती साहमाथि उनकै श्रीमानले एसिड आक्रमण गरी घाइते बनाएका थिए।

सो घटनामा, जिल्ला अदालत धनुषामा २ जनाविरुद्ध अभियोग पत्र दर्ता गराइएको जिल्ला सरकारी वकिलको कार्यालयका जिल्ला न्यायाधिवक्ता सीताराम अर्यालले जानकारी दिए। उनका अनुसार आरतीका श्रीमान २६ वर्षीय सञ्जिव साह र नागेन्द्र साहमाथि अभियोग पत्र दर्ता गरिएको हो। 

सरकारी वकिलको कार्यालयले दुबै जनालाई १५ वर्ष ६ महिना सजाय हुने गरी अभियोग पत्र दायर गरिएको हो। 

जिल्ला न्यायधिवक्ता अर्यालले दुबै जनाविरुद्ध अंगभंग, कुरुप र एकीकृत कसुर गरी ३ कसुरको सजायका लागि मागदाबी गरिएको बताए। अंगभंगका लागि ५ वर्ष, कुरुप बनाएकोमा ८ वर्ष र एकीकृत कसुरको थप २ वर्ष ६ महिना गरी कुल १५ वर्ष ६ महिनाको सजाय माग गरिएको अभियोग पत्रमा उल्लेख छ। 

सो एसिड आक्रमणका लागि सञ्जिवले नागेन्द्र साहको निखिल स्टोरबाट एसिड खरिद गरेको पाइएको अर्यालले बताए। 
एसिड आक्रमणबाट आरतीको दाहिने आँखा गुम्नुका साथै घाँटी, छाती, स्तन लगायतका अंगमा गहिरो चोट परेको थियो। एसिड आक्रमणमा परी उनकै छोरी रियाको हातमा र टाउकोमा खत बसेको पाइएको छ।

प्रकाशित: Dec 09, 2020| 12:51 बुधबार, मंसिर २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।