बुधबार, भदौ ३१, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ग्लोबल आइएमई बैंकद्वारा कर्पोरेट पे प्रणालीको सुरुआत  

ग्लोबल आइएमई बैंकद्वारा कर्पोरेट पे प्रणालीको सुरुआत  

ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थागत ग्राहकका लागि बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी कर्पोरेट पे प्रणालीको सुरुआत गर्न नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग सम्झौता गरेको छ। 
 |  बुधबार, मंसिर २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २४, २०७७

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थागत ग्राहकका लागि बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी कर्पोरेट पे प्रणालीको सुरुआत गर्न नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग सम्झौता गरेको छ। 

सम्झौता पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका वित्तीय स्रोत व्यवस्थापन विभाग प्रमुख शान्ता सिवाकोटी र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।
    
उक्त डिजिटल प्ल्याट्फर्ममार्फत ग्राहकले बैंकमा नगई फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानीलगायत व्यावसायिक भुक्तानी सजिलै गर्न सक्ने छन्।
 
उक्त प्रणालीमार्फत कनेक्ट आईपीएस अथवा एनसीएचएल–आईपीएसमा रियल–टाइम वा नन–रियलटाइममा भुक्तानी कारोबार गर्न सकिने छ।

आवश्यकता अनुरुप प्रणालीमा एकभन्दा बढी बैंक खाता पनि लिङ्क गरी कारोबार गर्न सकिने सुविधा रहेको बैंकले जनाएको छ।
 

प्रकाशित: Dec 09, 2020| 12:38 बुधबार, मंसिर २४, २०७७
प्रतिक्रिया दिनुहोस्