बुधबार, भदौ ३१, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ‘स्टार्टअप’लाई सहुलियतपूर्ण कर्जा दिंदै राष्ट्रिय वाणिज्य बैंक 

‘स्टार्टअप’लाई सहुलियतपूर्ण कर्जा दिंदै राष्ट्रिय वाणिज्य बैंक 

राष्ट्रिय वाणिज्य बैंकले ‘स्टार्टअप’ व्यवसायमा सहुलियतपूर्ण कर्जा लगानी गर्ने भएको छ। 
 |  बुधबार, मंसिर २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २४, २०७७

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंकले ‘स्टार्टअप’ व्यवसायमा सहुलियतपूर्ण कर्जा लगानी गर्ने भएको छ। 

बैंकले बुधबार ३ प्रतिशत ब्याजदरमा अधिकतम १५ लाख रुपैँयासम्म सहुलियतपूर्ण कर्जा लगानी गर्ने सम्झौता गरेको हो। 

बागमती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय वाणिज्य बैंक र विशाल फाउण्डेशनले संयुक्त रुपमा नवप्रवद्र्धन प्रस्ताव आह्वान कार्यक्रम सुरु गरेका हुन्। 

कार्यक्रममा सहभागी हुनको लागि माघ महिनाभर ‘स्टार्टअप आइडिया कल’को वेबसाइटमार्फत् आवेदन दिन सकिने छ। 

उत्कृष्ट सोच पठाउनेलाई उद्यमशीलता सम्बन्धी निःशुल्क तालिम दिएर राष्ट्रिय वाणिज्य बैंकले कर्जा लगानी गर्ने छ। 


    

प्रकाशित: Dec 09, 2020| 12:28 बुधबार, मंसिर २४, २०७७
प्रतिक्रिया दिनुहोस्