मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अख्तियारको स्टिङ अपरेसनसम्बन्धी रिटको फैसला ८ माघमा हुने

अख्तियारको स्टिङ अपरेसनसम्बन्धी रिटको फैसला ८ माघमा हुने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ‘स्टिङ अपरेसन’बारे परेको रिटमा सर्वोच्च अदालतले आफ्नो आदेश माघ ८ गते सुनाउने भएको छ। 
 |  बुधबार, मंसिर २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २४, २०७७

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ‘स्टिङ अपरेसन’ विरुद्ध  परेको रिटमा सर्वोच्च अदालतले आफ्नो आदेश माघ ८ गते सुनाउने भएको छ। 

आज (बुधबार) को बहसपछि सर्वोच्च अदालतको संवैधानिक इजलासले निर्णय सुनाउन माघ ८ गते दुवै पक्षलाई बोलाएको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीश दीपककुमार कार्की,  मीरा खड्का,  हरिकृष्ण कार्की र ईश्वर खतिवडाको संवैधानिक इजलासले उक्त मुद्दामा सुनुवाई गरिरहेको छ।

अख्तियारले आफैं घुस दिएर गर्ने ‘स्टिङ अपरेसन’ संविधान र कानुनविपरीत भएको भन्दै अधिवक्ता विष्णु घिमिरेले गत वर्ष सर्वोच्चमा रिट दायर गरेका थिए।

अख्तियारलाई घुस रकम दिने अधिकार संविधान र कानुनले नदिएकाले उक्त नियम खारेज गर्न रिटमा माग गरिएको छ।

अख्तियारको अपरेसन संविधान र कानुनविपरीत भएको रिट निवेदनकर्ताको दाबी छ। अख्तियारले गत वर्ष आर्थिक वर्षमा विशेष अदालतमा दायर गरेका ४४० वटा भ्रष्टाचारका मुद्दामध्ये १८१ वटा मुद्दा स्टिङ अपरेसनका छन्।

प्रकाशित: Dec 09, 2020| 11:53 बुधबार, मंसिर २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।