विराटनगर– पछिल्लो २४ घण्टामा प्रदेश १ मा ८७ जना कोरोना संक्रमित थपिएका छन्।
५८७ जनाको पीसीआर परीक्षण गर्दा २८ महिला र ५९ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो। झापामा ३६, मोरङमा १५, इलाममा १३, सुनसरीमा १२, संखुवासभामा ३, उदयपुरमा २, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या २८ हजार ५०२ पुगेको छ । प्रदेश १ मा आज ६२ जना डिस्चार्ज भएका छन्। होम आइसोलेसनबाट ३६, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १४, महालक्ष्मी जितपुर आइसोलेसन धनकुटाबाट ८, विराट मेडिकल कलेजबाट ४ जना डिस्चार्ज भएका छन्।
हालसम्म डिस्चार्ज हुने संख्या २३ हजार ४०५ पुगेको छ।