मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निर्विकल्प पार्टी बनाउने उद्घोषसहित एक भए विवेकशील र साझा 

निर्विकल्प पार्टी बनाउने उद्घोषसहित एक भए विवेकशील र साझा 

फुटको दुई वर्षपछि साझा पार्टी र विवेकशील नेपाली दल एक भएका छन्।
 |  बुधबार, मंसिर २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २४, २०७७

काठमाडौं– फुटको दुई वर्षपछि साझा पार्टी र विवेकशील नेपाली दल एक भएका छन्। २०७५ पुसमा फुटेका दुई दलबीच आज बुधबार एकता भएको हो। एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी रहनेछ।  

एकीकरणपत्रमा साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डेले हस्ताक्षर गरेका छन्।  

एकिकरणपछि पार्टीको अध्यक्षमा मिश्र रहनेछन् भने राष्ट्रिय संयोजकको जिम्मेवारी पाण्डेले सम्हाल्नेछन्। यी दुई पार्टी अलग अलग स्थापना भएका थिए। बीचमा दुई दलबीच एकीकरण भएको थियो। तर उनीहरु विभाजित भएका थिए।

पार्टी घोषणा कार्यक्रममा यसअघि भएको फुटप्रति मिश्र र पाण्डेले माफी मागेका छन्। उनीहरुले विवेकशील साझा पार्टीलाई वैकल्पिक नभएर निर्विकल्प पार्टी बनाउने उद्घोष गरेका छन्।

प्रकाशित: Dec 09, 2020| 10:39 बुधबार, मंसिर २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।