काठमाडौं– पछिल्लो २४ घण्टामा १ हजार ५६ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै हालसम्म संक्रमितको संख्या २ लाख ४४ हजार ४३३ पुगेको छ।
आजको दिनमा देशभर सक्रिय संक्रमितको संख्या १२ हजार २४५ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयको विवरण अनुसार २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या १ हजार ४८३ छ।
हालसम्म २ लाख ३० हजार ५३७ जना संक्रमणमुक्त भएका छन्।
पछिल्लो २४ घण्टामा मृत्यु हुने कोरोना संक्रमितको संख्या १४ छ । हालसम्म १ हजार ६५१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।