मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • शिक्षक हत्याका दोषीलाई कानुनी दायरामा ल्याउन आयोगको आग्रह

शिक्षक हत्याका दोषीलाई कानुनी दायरामा ल्याउन आयोगको आग्रह

राष्ट्रिय मानवअधिकार आयोगले मोरङको मिक्लाजुङ गाउँपालिका–१ मा भएको शिक्षक हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याउन माग गरेको छ।
 |  बुधबार, मंसिर २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २४, २०७७

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले मोरङको मिक्लाजुङ गाउँपालिका–१ मा भएको शिक्षक हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याउन माग गरेको छ।

आयोगका प्रवक्ता सहसचिव डा. टीकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै सरस्वती आधारभूत माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको हत्याको घटनाप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।  आयोगको प्रदेश कार्यालय विराटनगरले घटनाको अनुगमन सुरु गरेको छ। 

आयोगले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताबाट हत्या भएको देखिएको भन्दै व्यक्ति हत्या जस्तो गम्भीर अपराधका घटनाप्रति आयोगले खेद प्रकट गरेको छ।

‘नेपालको संविधानले सबैलाई विचार तथा अभिव्यक्तिको स्वतन्त्रता र सम्मानपूर्वक बाँच्न पाउने हकको सुनिश्चितता गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘आफ्ना राजनीतिक विचारहरु अभिव्यक्त गर्ने, विनाहतियार भेला हुने, शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाउने तथा असहमतिलाई शान्तिपूर्वक व्यक्त गर्न पाउने हक पनि प्रत्येक नागरिकलाई संविधानले सुनिश्चित गरेको छ।’ 

आफ्ना विचारमा असहमति राख्नेप्रति असहिष्णु भई हत्या–हिंसा नगर्न र प्रत्येक व्यक्तिको जीवनको अधिकारको सम्मान गर्न आयोगले नेपाल कम्युनिस्ट पार्टीलाई आग्रह गरेको छ।

कुनै पनि व्यक्तिलाई विचार आस्था र आशंकाको आधारमा स्वेच्छाचारी रुपमा पक्राउ गर्ने र यातना दिने कार्य नगर्न, उक्त घटनामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याउन तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन पनि आयोगले सरकारको ध्यानाकर्षण गराएको छ।

प्रकाशित: Dec 09, 2020| 09:54 बुधबार, मंसिर २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।