बुधबार, भदौ ३१, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • अहिलेसम्मकै ठूलो आईपीओ खोल्दै इन्फ्रास्ट्रक्चर बैंक

अहिलेसम्मकै ठूलो आईपीओ खोल्दै इन्फ्रास्ट्रक्चर बैंक

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले हालसम्मकै ठूलो प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न लागेको छ।
 |  बुधबार, मंसिर २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २४, २०७७

काठमाडौं– नेपाल इन्फ्रास्ट्रक्चर बैंकले हालसम्मकै ठूलो प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न लागेको छ। बैंकले आईपीओ निष्कासनका लागि अनुमति माग्दै मंगलबार नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ। 

बैंकले ८ अर्ब रुपैयाँबराबरको ८ करोड कित्ता आईपीओ निष्कासन गर्ने जनाएको छ। बैंकको यही मंसिर ३ गते बसेको भर्चुअल साधारणसभाबाट आईपीओ निष्कासन प्रस्ताव पारित भएको थियो। त्यसपछि बैंकले आईपीओ जारी गर्ने प्रकृया सुरु गरेको हो। 

बोर्डले अनुमति दिएको दुई महिनाभित्रमा नै बैंकले आईपीओ जारी गर्नेछ। आईपीओको इस्यु म्यानेजर नागरिक लगानी कोष र एनआईबीएल एस क्यापिटल हुन्।

बैंकको हाल १२ अर्ब रुपैयाँ चुक्ता पुँजी छ। पब्लिक कम्पनीले कम्तीमा पनि चुक्ता पुँजीको ३० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्नुपर्ने प्रावधान छ। बैंकमा सरकारको पनि लगानी छ। 

आईपीओ जारीपछि बैंकको चुक्ता पुँजी २० अर्ब रुपैयाँ पुग्ने बैंकले जनाएको छ। बैंकले पूर्वाधार आयोजनामा लगानी गर्नेछ। 
 

प्रकाशित: Dec 09, 2020| 09:14 बुधबार, मंसिर २४, २०७७
प्रतिक्रिया दिनुहोस्