बुधबार, भदौ ३१, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • आर्थिक विकासको लागि ‘स्टार्टअप’ मा लगानी बढाऔं : नेता नेपाल 

आर्थिक विकासको लागि ‘स्टार्टअप’ मा लगानी बढाऔं : नेता नेपाल 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आर्थिक विकासको लागि ‘स्टार्टअप’ व्यवसायमा लगानी बढाउनु पर्ने बताएका छन्। 
 |  बुधबार, मंसिर २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २४, २०७७

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आर्थिक विकासको लागि ‘स्टार्टअप’ व्यवसायमा लगानी बढाउनु पर्ने बताएका छन्। 

नेता नेपालले बुधबार सरकारले ‘स्टार्टअप’ लाई प्राथमिकता नदिएका कारण आर्थिक विकासको गति सुस्त भएको बताएका हुन्। 

उनले भने, ‘लगानीका साथै ‘स्टार्टअप’ उद्योगमा पुँजीको व्यवस्थापन र बजारको पहुँच विकास गर्न सरकारले सहयोग गर्नुपर्छ।’ 

स्टार्टअपलाई उत्पादनसँग जोडेर अगाडि बढ्नुपर्ने उनको सुझाव छ।

कृषि उत्पादन खेर गइरहेको भन्दै नेपालले भने, ‘आन्तरिक कृषि उत्पादनका वस्तु बजारमा सुपथ मूल्यमा पु¥याउने विषयमा राज्यले ध्यान दिनुपर्छ।’ 

कृषिलाई आधुनिकीकरण गरेर उत्पादन बढाउँदै आयातित वस्तुलाई विस्थापित गर्नेतर्फ सरकार चनाखो हुनुपर्ने उनको भनाइ छ। 

नागरिकलेसमेत स्वदेशी वस्तुको उपभोग बढाउनुपर्ने नेपालले बताए। 

प्रकाशित: Dec 09, 2020| 09:09 बुधबार, मंसिर २४, २०७७
प्रतिक्रिया दिनुहोस्