मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भ्रष्टाचारविरुद्धको दिवसमा प्रधानमन्त्रीको सन्देश- 'सबै कुरामा भ्रष्टाचार नदेखौं '

भ्रष्टाचारविरुद्धको दिवसमा प्रधानमन्त्रीको सन्देश- 'सबै कुरामा भ्रष्टाचार नदेखौं '

हरेक कुरामा भ्रष्टाचार देख्ने प्रवृतिले  सार्वजनिक पदाधिकारीहरु काम गर्नबाट हतोत्साही भएको भन्दै यस्ता कुरामा ख्याल गर्न प्रधानमन्त्रीले अपिल गरेका हुन् । 
 |  बुधबार, मंसिर २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २४, २०७७

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सबै कुरामा भ्रष्टाचार नै देख्ने नकारात्मक किसिमको सोचाइ त्याग्न अपिल गरेका छन् । 

हरेक कुरामा भ्रष्टाचार देख्ने प्रवृतिले  सार्वजनिक पदाधिकारीहरु काम गर्नबाट हतोत्साही भएको भन्दै यस्ता कुरामा ख्याल गर्न उनले अपिल गरेका हुन् । 

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले कसैले पनि राजनीतिक स्वार्थसिद्ध गर्ने उद्देश्यले भ्रष्टाचारको आरोप नलागाउने काम बन्द गर्न आग्रह गरेका छन् । 

नेपालले बितेका बर्षहरुमा सुशासन, कानूनी राज र व्यवसायजन्य वातावरणका सूचकांकहरुमा उल्लेख्य सुधार गरेको पनि दाबी गर्दै प्रधानमन्त्रीले शुभकामना सन्देशमा भनेका छन्- 'यी कुराहरुको प्रशंसा गर्दै थप सुधारका लागि रचनात्मक सहयोग हुनुको सट्टा नकारात्मक छवि मात्रै प्रस्तुत गर्ने केही संस्थाकै नाममा भएका राजनीतिक पूर्वाग्रहबाट प्रेरित प्रचारहरुबाट सरकार विचलित भने हुने छैन । आम दिदी बहिनी दाजुभाइहरुलाई पनि त्यसबाट भ्रमित र विचलित नहुन आव्हान गर्दछु ।' 

प्रधानमन्त्री ओलीले अख्तियारले गरेको कामको पनि प्रशंसा गरेका छन् । आयोगले गत वर्ष आफ्नो इतिहासमै सबैभन्दा बढी भ्रष्टाचारका केसहरुमा मुद्दा दायर गरेको भन्दै उनले प्रशंसा गरेका हुन् ।

अख्तियारमा सरकारको कुनै हस्तक्षेप नरहेको दाबी गर्दै उनले स्रोत साधनमा सहयोग गर्न सरकार तत्पर रहेको बताएका छन् । 

भ्रष्टाचार  नियन्त्रणसम्बन्धी कानूनी र संस्थागत संरचना सुदृढ गर्न भ्रष्टाचार नियन्त्रण ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधनसम्बन्धी विधेयकहरु संघीय संसदमा गतवर्ष नै पेश भई विचाराधीन रहेको पनि प्रधानमन्त्रीले जनाएका छन् । 

आफू प्रधानमन्त्री भएदेखि नै “म भ्रष्टाचार गर्दिन, भ्रष्टचार गर्न पनि दिन्न“ भन्ने संकल्पलाई दृढताकासाथ लागू गरेको बताउँदै प्रधानमन्त्री ओलीले एक जना मात्रै लागेर नहुने भन्दै सबै यसमा कटिबद्ध हुनु पर्ने बताएका छन् ।  

उनले भ्रष्टाचारलाई सामाजिक रुपमा नै निन्दा र भ्रत्र्सना गर्न जरुरी रहेको शुभकामना सन्देशमा भनेका छन् । 
 

प्रकाशित: Dec 09, 2020| 03:24 बुधबार, मंसिर २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।