मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आज भ्रष्टाचारविरुद्धको दिवस, अख्तियारमै अल्झिए ठूला काण्ड

आज भ्रष्टाचारविरुद्धको दिवस, अख्तियारमै अल्झिए ठूला काण्ड

हरेक वर्ष भ्रष्टाचारविरुद्ध विभिन्न कार्यक्रम हुँदै आएका छन्। तर, भ्रष्टाचार न्यूनीकरण हुन सकेको छैन।
 |  बुधबार, मंसिर २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २४, २०७७

काठमाडौं- ‘सदाचारका साथ पुनरुत्थान’ भन्ने नाराका साथ आज भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ ।

संयुक्त राष्ट्रसंघले सन् २००३ मा भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेपछि विश्वभर डिसेम्बर ९ तारिखमा दिवस मनाउने गरिएको छ।

नेपालले सन् २०११ मा महासन्धिलाई अनुमोदन गरेको थियो। महासन्धि अनुसार नै नेपालले सम्पत्ति शुद्धिकरण विभाग गठन गरेको छ । 

हरेक वर्ष भ्रष्टाचार विरुद्ध विभिन्न कार्यक्रम हुँदै आएका छन् । तर, यति हुँदा हुँदै पनि नेपालमा भ्रष्टाचार न्यूनिकरण हुन सकेको छैन । केही समय अघि सार्वजनिक भएको ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदनले नेपालमा भ्रष्टाचार झन् बढेको देखाएको थियो ।

प्रधानमन्त्रीले नै भ्रष्टाचारको प्रोत्साहन र संरक्षण गरेको ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदनमा उल्लेख छ। सरकारले भने यो प्रतिवेदन राजनीतिक पूर्वाग्रह राखेर बनाइएको भन्दै अस्वीकार गरेको छ ।

भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइरहँदा ठूला ठूला भ्रष्टाचार काण्डको फाइल वर्षौदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बन्द भएर बसेका छन् । बाइडबडी घोटाला प्रकरण, यति होल्डिङ, ओम्नी, तत्कालिन सञ्चार मन्त्रीले नै ७० करोड मागेको अडियो टेप प्रकरणमाथिको अनसुन्धान अहिलेसम्म टुंगिन सकेको छैन । 

नीतिगत भ्रष्टाचारको विषयमा त अख्तियारले चासोसमेत राख्न छाडेको ट्रान्सपरेन्सी इन्टरनेश्नल नेपालका अध्यक्ष खेमराज रेग्मी बताउँछन् । अख्तियार केहि सुब्बा र खरदार समाउन स्ट्रिङ अप्रेसनमा रमाउँदा ठूला भ्रष्टाचार काण्ड ओझेलमा परेको उनको भनाइ छ । 

प्रकाशित: Dec 09, 2020| 02:30 बुधबार, मंसिर २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।