पाल्पा- लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेकपामा देखिएको समस्याको समाधान स्थायी कमिटी बैठकबाट खोजिनुपर्ने बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टी निकट प्रचारप्रसार तथा प्रशासन विभाग, पाल्पाको सूर्य बुलेटिनको वितरण कार्यक्रममा मुख्यमन्त्री पोखरेलले नेतृत्वमा देखिएको झगडा तल्लो तहका कार्यकर्तासम्म आउन नहुने भन्दै झगडाको पछि नलाग्न कार्यकर्तालाई अनुरोध गरे।
आमकार्यकर्ताको भावना पार्टी एकता रहेकाले सचिवालयबाट हल नभएको समस्याको समधानमा स्थायी कमिटीबाट गर्नुपर्ने मुख्यमन्त्री पोखरेलले बताए।
उनले पार्टी एकताको विकल्प नै एकता र सुदृढीकरण रहेको धारणा राखे।
पार्टी गहिरो संकटमा रहेको बताउँदै उनले यस संकटको समाधान पनि नेतृत्वबाट हुने विश्वास व्यक्त गरेका छन्। रासस