मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानाध्यापक श्रेष्ठ हत्या प्रकरण : घटनाकाे जिम्मा लिँदै विप्लव समूहले भन्यो- प्रतिकारका क्रममा मृत्यु भएको हो

प्रधानाध्यापक श्रेष्ठ हत्या प्रकरण : घटनाकाे जिम्मा लिँदै विप्लव समूहले भन्यो- प्रतिकारका क्रममा मृत्यु भएको हो

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी मेची-कोशी ब्यूरोले विज्ञप्ति जारी गर्दै प्रतिकारका क्रममा श्रेष्ठको मृत्यु भएको जनाएको हो। 
 |  मंगलबार, मंसिर २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २३, २०७७

काठमाडौं। मोरङको मिक्लाजुङ-१, बर्खेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको हत्या घटनाकाे जिम्मा विप्लव समूहले लिएको छ। 

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी मेची-कोशी ब्यूरोले विज्ञप्ति जारी गर्दै प्रतिकारका क्रममा श्रेष्ठको मृत्यु भएको जनाएको हो। 

श्रेष्ठले लामो समयदेखि पार्टीकाे सुराकी गरेकाे आरोप पनि विज्ञप्तिमा लगाइएकाे छ। 

उनलाई पार्टीविरोधी गतिविधि रोक्न, आफूलाई सच्याउन भनी सम्झाउन जाँदा पनि उग्र गतिविधि गरिरहेको आरोप विप्लव समूहको छ। 

यसपटक पनि सम्झाउन जाँदा हतियार लिएर आक्रमण गर्न आइलागेकाले प्रतिकारका क्रममा मृत्यु भएको इन्चार्ज प्रतापद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

सम्बन्धित समाचार

प्रधानाध्यापककाे हत्यापछि त्रसित छन् बर्खेवासी, भन्छन्- असुरक्षित भयाैं

हात बाँधेर धारिलो हतियारले घाँटी रेटिएको अवस्थामा भेटियो शिक्षकको शव

प्रकाशित: Dec 08, 2020| 14:53 मंगलबार, मंसिर २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।