मंगलबार, भदौ २३, २०८३

यसरी नापियो सगरमाथाको उचाइ

विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटरले बढेर ८८४८.८६ मिटर कायम भएको छ। देशकाे स्वाभिमान बढाउने सगरमाथाकाे उचाइ कसरी नापियाे त ?
 |  मंगलबार, मंसिर २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २३, २०७७

 काठमाडाैं। विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटरले बढेर ८८४८.८६ मिटर कायम भएको छ।

नेपालले पहिलोपटक आफ्नै स्रोत, साधन र जनशक्तिले सगरमाथाको उचाइ मापन गरेको सुखद् घटनाले केवल सगरमाथाको उचाइका निम्ति मात्र नभई विश्वमा नेपालको पहिचान बढेको छ।

देशकाे स्वाभिमान बढाउने सगरमाथाकाे उचाइ कसरी नापियाे त ?

सगरमाथाको उचाइ मापनका लागि नापी विभागका प्रमुख अधिकृत (हालका उपसचिव) खीमलाल गौतमको नेतृत्वमा अधिकृत रविन कार्की, सर्वेयर सुरजसिंह भण्डारी र अमिन युवराज धितालको टोली गएको थियो। टोलीलाई छिरिङ जाङ्बु शेर्पाको टोलीले गाइड गरेका थिए।

सगरमाथाको उचाइ मापन कार्य परम्पारगत विधि (समतल नापी)  तथा आधुनिक विधि (जीएनएसएस) र स्थलगत भू (आकर्षण सर्वेक्षण) जस्ता विधि अवलम्बन गरिएको विभागले जनाएको छ।

मापन कार्य सुरु गर्नुपूर्व विभागले दुई वर्षअघि भारत, चीन, अमेरिका, इटालीलगायत देशका वैज्ञानिकलाई अन्तर्राष्ट्रिय गोष्ठीमा डाकेर कसरी मापन गर्ने भन्ने विषयमा छलफल गरेको थियो र विज्ञहरूकै सुझावका आधारमा कार्यविधि तयार गरिएको थियो। 

यसअघि सन् १९५४ मा तत्कालीन सर्वे अफ इन्डियाले सगरमाथाको उचाइ मापन गरी ८८४८ मिटर भएको निष्कर्ष निकालेको थियो।

त्यसपछि विभिन्न समयमा विभिन्न निकायले उचाइ मापन गरी फरकफरक उचाइ निकालेको भए पनि त्यसले आधिकारिक मान्यता भने पाएको थिएन।

सन् १९५४ मा भारत र सन् १९७५ चीनले सगरमाथाको उचाइ मापन गरेको थियो।

त्यसैगरी सन् १९८७, सन् १९९२ र सन् २००४ मा इटालीले तथा सन् १९८९ मा अमेरिकाले मापन गरेको थियो। त्यस्तै सन् २००५ मा पुनः चीन र सन् २०१० मा इटालीले सगरमाथाको उचाइ मापन गरेका थिए।

सगरमाथाको उचाइ नाप्न तीनवटा विधि ‘डाइरेक्ट मिजरमेन्ट’ अन्तर्गत प्रत्यक्षरूपमा अगाडि/पछाडि गरेर चुचुरोसम्मको उचाइ नापिएको छ।

त्यस्तै, ‘ट्रेंगुलेसन’ विधिबाट पनि उचाइ नापिएको छ।

यसअनुसार निश्चित बिन्दुलाई आधार बनाएर त्यसको कोण पत्ता लगाउने र सोही आधारमा क्रमशः अन्य बिन्दुको कोण बनाउँदै उचाइ मापन गरिएको हो।

तेस्रो विधि हो, गुरुत्वलाई आधार बनाउने। जीपीएस प्रणालीबाट पनि उचाइ मापन हुन्छ। सन् २००५ मा चीनले यही विधिबाट सगरमाथाको उचाइ नापेको थियो।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभागले सगरमाथाको उचाइ मापन गरेको हो।

विभागले १३ करोड रूपैयाँ खर्चेर झण्डै दुई वर्षको अवधिमा सगरमाथाको मापन कार्य सम्पन्न गरेको थियो।

२०७२ मा गएको भूकम्पपछि सगरमाथाको उचाइ घटबढ भएको हुन सक्ने विषयमा अन्तर्राष्ट्रिय बहस सुरु भएपछि नेपालले पहिलोपटक आफ्नै स्रोतसाधनमा सगरमाथाको उचाइ नापेको हो। रासस

प्रकाशित: Dec 08, 2020| 13:11 मंगलबार, मंसिर २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।