बुधबार, भदौ २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • टी–२० शृंखलामा अष्ट्रेलियाको सान्त्वना जित, सिरिज भारतलाई

टी–२० शृंखलामा अष्ट्रेलियाको सान्त्वना जित, सिरिज भारतलाई

अष्ट्रेलियामा जारी तीन खेलको टी–२० सिरिजमा आयोजक अष्ट्रेलियाले सान्त्वना जित निकालेको छ।
 |  मंगलबार, मंसिर २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २३, २०७७

काठमाडौं– अष्ट्रेलियामा जारी तीन खेलको टी–२० सिरिजमा आयोजक अष्ट्रेलियाले सान्त्वना जित निकालेको छ। सिड्नी रंगशालामा सम्पन्न खेलमा अष्ट्रेलियाले १२ रनको जित निकालेको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले पूरा ओभर खेल्दै पाँच विकेटको क्षतिमा १८६ रन बनाएको थियो। १८७ रनको लक्ष्य पछ्याएको भारत पूरा ओभरमा ७ विकेट गुमाउँदै १७४ रनमा समेटिएपछि अष्ट्रेलियाले जित निकालेको हो।

अष्ट्रेलियाका लागि ओपनर माथिउ वाडेले सर्वाधिक ८० रन जोडे भने अर्का ओपनर आरोन फिन्च रनविहिन हुँदै आउट भए। त्यस्तै, ग्लेन म्याक्सवेलले ५४ रन बनाए भने स्टिभ स्मिथले २४ रन बनाए। 

यता भारतका वासिंटन सुन्टरले दुई विकेट लिए भने भने टी नटराजन र श्रदुल ठाकुरले १–१ विकेट लिए। 

जवाफी ब्याटिङमा आएको भारतका ओपनर के एल राहुल र श्रेयस अयर खाता नै नखोलि बाहिरिँदा अर्का ओपनर शिखर धवनले २८ रन बनाए। कप्तान विराट कोहलीले सर्वाधिक ८५ रन बनाएको खेलमा सन्जु समसनले १० रन मात्र जोड्न सके।

त्यस्तै, हार्दिक पाण्ड्याले २० रन बनाए। अष्ट्रेलियाका लागि माइकल स्वेप्सनले तीन विकेट लिए भने ग्लेन म्याक्सवेल, सिन अबोट, एन्ड्रिउ टाय र एडम जम्पाले समान १–१ विकेट लिए।

यसअघि सम्पन्न तीन खेलको एकदिवसीय सिरिजमा अष्ट्रेलियाले २–१ को जित निकालेको थियो भने टी–२० सिरिजमा भारतले २–१ को जित निकाल्यो।

अब भारतले डिसेम्बर ११ बाट चार खेलको टेस्ट खेल्नेछ। अष्ट्रेलिया भ्रमणका दौरान भारतीय कप्तान विराट कोहली पहिलो टेस्ट पश्चात भारत फर्कने छन् भने उपकप्तान रोहित शर्मा पहिलो खेलपछि मात्र अष्ट्रेलिया भ्रमणमा सहभागी हुनेछन्।

प्रकाशित: Dec 08, 2020| 11:55 मंगलबार, मंसिर २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।