बुधबार, भदौ २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • छात्रवृतिमा अध्ययन गरेका डाक्टर पाँच दिनभित्र तोकिएको ठाउँमा जानुपर्ने 

छात्रवृतिमा अध्ययन गरेका डाक्टर पाँच दिनभित्र तोकिएको ठाउँमा जानुपर्ने 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी छात्रवृत्तिमा एमडी, एमएस र एमडीएस अध्ययन गरेका डाक्टरलाई तोकिएको ठाउँमा पाँच दिनभित्र जान निर्देशन दिएको छ। 
 |  मंगलबार, मंसिर २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २३, २०७७

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी छात्रवृत्तिमा एमडी, एमएस र एमडीएस अध्ययन गरेका डाक्टरलाई तोकिएको ठाउँमा पाँच दिनभित्र जान निर्देशन दिएको छ। 

मन्त्रालयले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र त्रिवि शिक्षण अध्ययन संस्थानमा अध्ययन गरी कबुलियतनामा लिएका डाक्टरलाई तोकिएको ठाउँमा जान निर्देशन दिएको हो। 

मन्त्रालयले मंगलबार कबुलियतनामा बमोजिम खटाइएको स्थानमा जान सूचना जारी गरेको छ।  

सूचनामा खटाएको स्थानमा पाँच दिनभित्र हाजिर नभए छात्रवृत्रिमा अध्ययन गर्दा भएको सरकारी लगानी असुल उपर गर्न कानुनी प्रक्रिया अघि बढाइने जनाइएको छ।
 

प्रकाशित: Dec 08, 2020| 11:26 मंगलबार, मंसिर २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।