बुधबार, भदौ २४, २०८३

जग्गाको कित्ताकाटमा सर्वोच्चको रोक

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश मनोज शर्माको इजलासले जग्गाको कित्ताकाट खुला गर्ने सरकारी निर्णयमा रोक लगाउने आदेश सुनाएको छ। 
 |  मंगलबार, मंसिर २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २३, २०७७

काठमाडौं– जग्गाको कित्ताकाट खुला गर्ने सरकारको निर्णयमा सर्वोच्च अदालतले रोक लगाएको छ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश मनोज शर्माको इजलासले जग्गाको कित्ताकाट खुला गर्ने सरकारी निर्णयमा रोक लगाउने आदेश सुनाएको छ। 

सरकारले जग्गाको कित्ताकाट खोल्ने निर्णय गरेपछि अधिवक्ता सन्तोष भण्डारीले २८ भदौमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। 
२९ भदौमा सुनुवाइ भएको उक्त रिटमा यसअघि न्यायाधीश सुष्मलता माथेमाले अल्पकालीन अन्तरिम आदेश दिँदै निर्णय कार्यान्यवन नगर्न आदेश सुनाएकी थिइन्। 

भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले १८ भदौमा जग्गाको कित्ताकाट खुलाउने निर्णय गरेको थियो। 

सरकारको उक्त निर्णयले खेतीयोग्य जमिन प्लटिङ हुने र त्यसबाट जमिन नासिने भन्दै अधिवक्ता भण्डारीले रिट हालेका थिए।

सम्बन्धित समाचार 

स्वार्थ समूहको प्रभावमा मन्त्री अर्यालले खोलिन् जग्गाको कित्ताकाट

प्रकाशित: Dec 08, 2020| 11:05 मंगलबार, मंसिर २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।