बुधबार, भदौ २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राजसंस्था र हिन्दू राष्ट्रबारे सर्वदलीय बैठक राख्न राप्रपाको माग

राजसंस्था र हिन्दू राष्ट्रबारे सर्वदलीय बैठक राख्न राप्रपाको माग

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री दीपक बोहोराले अहिले भइरकेको सडक आन्दोलनमा पार्टीको नैतिक समर्थन रहेको बताएका छन्।
 |  मंगलबार, मंसिर २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २३, २०७७

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री दीपक बोहोराले अहिले भइरकेको सडक आन्दोलनमा पार्टीको नैतिक समर्थन रहेको बताएका छन्।

प्रधानमन्त्री केपी ओलीले बोलाएको सर्वदलीय बैठकमा भाग लिएपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै बोहोराले संविधानप्रति समर्थन हुँदाहुँदै पनि हिन्दू राष्ट्र र राजसंस्थाको मागसहित सडकमा भइरहेको प्रदर्शनमा नैतिक समर्थन रहेको बताए। 

बोहोराले भने, ‘संविधान बनाउँदा चौथो ठूलो दल थियो राप्रपा। यही संविधानअन्तर्गत हिन्दू राष्ट्र र राजालाई संसदको मातहत राखेर अगाडि बढ्ने विकल्प दिएका छनैं हामीले। यस्तै सर्वदलीय बैठक राखेर राजासहितको लोकतन्त्र र हिन्दू राष्ट्र कायम गर्ने कुरा प्रस्ताव राखेका थियौं । तर, कसैबाट जवाफ आएन।’ 

कोरोना महामारीको सन्दर्भमा सरकारक असफल भएको दाबी गर्दै उनले भ्याक्सिन सबै जनतालाई निःशुल्क दिनुपर्ने माग गरे।

बैठकको सुरुमै प्रधानमन्त्री ओलीले सडकमा देखिएको आन्दोलन र कोरोना महामारीबारे बोलेका थिए।
 

प्रकाशित: Dec 08, 2020| 08:49 मंगलबार, मंसिर २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।