बुधबार, भदौ २४, २०८३

सर्वोच्च शिखरले पायो नयाँ उचाइ 

सर्वोच्च शिखर सगरमाथाकाे नयाँ उचाइ घोषणा गरिएको छ। 
 |  मंगलबार, मंसिर २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २३, २०७७

काठमाडौं– सर्वोच्च शिखर सगरमाथाकाे नयाँ उचाइ घोषणा गरिएको छ। 

नेपाल तथा चीनका प्राविधिक टोलीको संयुक्त प्रशोधनबाट प्राप्त उचाइ मंगलबार घोषणा गरिएको हो। 

सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर कायम भएको छ। 

नापी विभागको नेतृत्वमा सगरमाथाको उचाइ नाप्ने काम गत जेठमा सकिएको थियो। ‘ग्लोबल न्याभिगेसन स्याटेलाइट सिस्टम’ को प्रयोग गरी उचाइ नापिएको हो। 

गत वर्ष असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आएको समयमा सगरमाथाको उचाइ संयुक्त रुपमा घोषणा गर्न वैज्ञानिक अध्ययन गर्ने सम्झौता भएको थियो।  

चीनले पनि गत वैशाखमा सगरमाथाको उचाइ नापेको थियो। 

२०७२ को भूकम्पले सगरमाथाको उचाइमा घटबढ भएको बताइएको छ। सगरमाथाको यसअघिको उचाइ ८८४८ मिटर हो।
 

प्रकाशित: Dec 08, 2020| 08:20 मंगलबार, मंसिर २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।