बुधबार, भदौ २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मोरङमा शिक्षकको गोली हानी हत्या, विप्लव समूहको संलग्नता आशंका

मोरङमा शिक्षकको गोली हानी हत्या, विप्लव समूहको संलग्नता आशंका

मोरङको मिक्लाजुङका एक शिक्षकको गोली प्रहारबाट हत्या भएको छ।
 |  मंगलबार, मंसिर २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २३, २०७७

विराटनगर– मोरङको मिक्लाजुङका एक शिक्षकको गोली प्रहारबाट हत्या भएको छ। मिक्लाजुङ–१ को सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक ५४ वर्षीय राजेन्द्र श्रेष्ठको अज्ञात समूहले गोली हानी हत्या गरेको हो।

उनको शव आज मंगलबार बिहान जंगलमा भेटिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए। 

शव भेटिएको स्थान मृतकको घरदेखि करिब एक किलोमिटरको दूरीमा छ। मृतकको टाउकोमा गोली प्रहार भएको भेटिएको प्रहरीले जनाएको छ।

बिहान सवा ६ बजेतिर ४–५ जनाको संख्यामा आएको विप्लव समूहका कार्यकर्ताले श्रेष्ठलाई घरबाट लिएर गएको सूचना आएको एसपी खड्काले जानकारी दिए। 
 

प्रकाशित: Dec 08, 2020| 06:02 मंगलबार, मंसिर २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।