बुधबार, भदौ २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना संक्रमित कर्मचारीलाई १४ दिन सार्वजनिक बिदा दिने प्रस्ताव कार्यान्वयनमा, निजी क्षेत्रमा पनि लागु हुने

कोरोना संक्रमित कर्मचारीलाई १४ दिन सार्वजनिक बिदा दिने प्रस्ताव कार्यान्वयनमा, निजी क्षेत्रमा पनि लागु हुने

कोरोना संक्रमित कर्मचारी आइसोलेसनमा बसेको अवधिलाई सार्वजनिक बिदा मान्ने प्रस्ताव कार्यान्व्यनमा आएको छ।
 |  मंगलबार, मंसिर २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २३, २०७७

काठमाडौं- कोरोना संक्रमित कर्मचारी आइसोलेसनमा बसेको अवधिलाई सार्वजनिक बिदा मान्ने प्रस्ताव कार्यान्व्यनमा आएको छ। १४ दिनसम्मको अवधीलाई सार्वजनिक बिदा मानेर उनीहरुको तलब सुविधा नकाटिने व्यस्था लागु गरिएको हो । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संक्रमित भएर आईशोलेसनमा बसेको अवधिलाई सार्वजनिक बिदाको रुपमा जनाउने व्यवस्था कार्यान्वयन गर्न सबै मन्त्रालय, सचिवालय, आयोग प्रतिष्ठान, विभाग, जिल्ला समन्वय समिति तथा स्थानीय तहहरुलाई परिपत्र गरेको छ।

यो नियम सोमबारबाट कार्यान्व्यनमा आएको छ। मंसिर १० गते बसेको मन्त्रिपरिषद् बैठकले कोभिड भएर घरमा बसेका सबै कर्मचारीलाई सार्वजनिक बिदा सरहको सुविधा दिने निर्णय गरेको थियो । 

यस्तै संक्रमणको लक्षण देखिएर आइशोलेसनमा बसेका कर्मचारीलाई अस्पताल भर्ना भएको अवधिभर बिदा कायम गर्न समेत मन्त्रालयले परिपत्र गरेको छ । यसरी बिदा बस्दा यसको व्यहोरासहित कार्यालय प्रमुखले बिदा प्रणाणित गर्नुपर्ने व्यवस्था गरिएको छ ।

त्यस्तै, सार्वजनिक निकायका कुनै कर्मचारी संक्रमित भएमा कन्ट्याक्ट ट्रेसिङमा परेका कर्मचारीलाई समेत कार्यालय आउन नपर्ने व्यवस्था गरिएको छ । 

यसको नियमित अनुगमन गर्ने काम सम्बन्धित मन्त्रालय तथा प्रदेश संकट व्यवस्थापन केन्द्र र जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको हुने उल्लेख गरिएको छ ।

संघीय मामिला मन्त्रालयले निजी क्षेत्रका संघ संस्था तथा कार्यालयहरुलाई समेत यही अनुसार व्यवस्था गर्न अनुरोध समेत गरेको छ ।

प्रकाशित: Dec 08, 2020| 05:25 मंगलबार, मंसिर २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।