बुधबार, भदौ २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • देउवालाई धनराजको आग्रह- सर्वदलीय बैठकमा नजानुस्, भ्रष्टाचारविरुद्ध मोर्चा कस्न लागौं

देउवालाई धनराजको आग्रह- सर्वदलीय बैठकमा नजानुस्, भ्रष्टाचारविरुद्ध मोर्चा कस्न लागौं

नेपाली का‌ंग्रेसका युवा नेता धनराज गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकको औचित्य नभएको बताएका छन्। 
 |  मंगलबार, मंसिर २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २३, २०७७

काठमाडौं- नेपाली का‌ंग्रेसका युवा नेता धनराज गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकको औचित्य नभएको बताएका छन्। 

गुरुङले  ट्वीटगर्दै ओलीले मंगलबारका लागि बोलाएको सर्वदलिय बैठकको औचित्य नभएको बताएका हुन्। 

उनले आफ्नै पार्टीका नेताहरुले भ्रष्टचारीको आरोप लगाएपछि पार्टीकै बैठकमा समेत जान छोडेका ओलीले बोलाएको बैठकको कुनै अर्थ नभएको जिकिर गरेका छन्। 

गुरुङले कांग्रेस सभापति देउवालाई भ्रष्टाचार विरुद्ध कांग्रेसकै नेतृत्वमा मोर्चाबन्दी कस्न आग्रह समेत गरेका छन्।  

'आफ्नै पार्टीका नेताहरुले भ्रष्टाचारीको आरोप लगाएपछि पार्टीकै बैठकमा उपस्थित हुन छाडेका प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकको औचित्य छैन। बरु यतिखेर सर्वदलीय बैठक त प्रमुख प्रतिपक्ष दल कांग्रेसकै नेतृत्वमा भ्रष्टाचार बिरुद्ध मोर्चाबन्दी कस्नका लागि आवश्यक छ', गुरुङले भनेका छन्।

प्रकाशित: Dec 08, 2020| 05:14 मंगलबार, मंसिर २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।