बुधबार, भदौ २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कैलालीमा ट्रक पल्टिदा चालकसहित चार घाइते, एकको अवस्था गम्भीर

कैलालीमा ट्रक पल्टिदा चालकसहित चार घाइते, एकको अवस्था गम्भीर

डडेल्धुराको जोगबुढाबाट अत्तरियातर्फ आउँदै गरेको से ७ ख १२९ नम्बरको ट्रक जिल्लाको चुरे गाउँपालिका–६, डुम्रेनीमा पल्टिदा चार जना घाइते भएको प्रहरीले जनाएको छ ।
 |  मंगलबार, मंसिर २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २३, २०७७

धनगढी- कैलालीमा आज ट्रक पल्टिदा चालकसहित चार जना घाइते भएका छन् । 

डडेल्धुराको जोगबुढाबाट अत्तरियातर्फ आउँदै गरेको से ७ ख १२९ नम्बरको ट्रक जिल्लाको चुरे गाउँपालिका–६, डुम्रेनीमा पल्टिदा चार जना घाइते भएको प्रहरीले जनाएको छ ।
 
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार ट्रक पल्टिदा डडेल्धुराको परशुराम नगरपालिका–४ का ट्रक चालक २९ वर्षीय दानबहादुर कामी, सोही ठाउँका १८ वर्षीय दशरथ सिलाल, ३८ वर्षीय नरेन्द्र बोहरा र २० वर्षीय करन कामी घाइते भएका छन् । 

सिलालको अवस्था भने गम्भीर रहेको जनाइएको छ । घाइतेहरुलाई उपचारका लागि अत्तरियास्थित पद्मा अस्पताल ल्याइएको छ ।

प्रकाशित: Dec 08, 2020| 04:40 मंगलबार, मंसिर २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।